साप्ताहिक संवाददाता
वैशाख २३, २०७६
चलचित्र सानो मन २० असारबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । यो चलचित्रको रिलिज मिति घोषणा सहित सानो मनमा समावेश नृत्य प्रधान गीत रानु कम्बर...समेत सार्वजनिक गरिएको छ ।
गीतमा आयुशमान देसराज जोशी, शिल्पा मास्के, गौरी मल्ल, विशाल पहाडी, रश्मी भट्ट लगायतको नृत्य छ । यो गीतलाई बलिउडका साजन सिंहले कोरियोग्राफी गरेका हुन् ।
सुयोग गुरुङको डेब्यु निर्देशनमा तयार हुँदै गरेको यो चलचित्र सामाजिक प्रेम कथामा आधारित रहेको छ । सुयोग सोताङ र रोमन बज्राचार्यको संगीत, रोमन र रबी मल्लको शब्द रहेको यो गीतमा निर्देशक सुयोग गुरुङ, सिम्मा राई र रोमनको स्वर रहेको छ ।
गीतको भिडियो :