साप्ताहिक संवाददाता
वैशाख २३, २०७६
काठमाडौं
बसन्त अर्यालको ‘चट्ट पियारी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । डान्सिङ प्याटर्नको उक्त गीतको शब्द र संगीत स्वयं गायक अर्यालको छ ।
सार्बजनिक गीतमा गायक अर्याललाई बर्षा अर्यालले साथ दिएकी छिन् । संगीतकार राजन इशानको संगीत संयोजन रहेको यस गीतमा विशेष गरी दारी पालेका युवाको प्रेमलाई रोचक ढंगले समावेश गरिएको छ । भिडियोमा बिनु शाक्य र विशाल थापा र रिजोइस गुरुङलाई अभिनय गराइएको छ ।
भिडियोलाई सेलिब्रेटी नेपालले निर्माण गरेको हो भने लिगेश भट्टराईले निर्देशन गरेका हुन् । राम कुमार केसीले छायांकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन र कलर संयोजन गरेका हुन् ।
भिडियोलाइ काभ्रे जिल्लाको रमणीय स्थानहरुमा छायांकन गरिएको हो ।
यस्तो छ भिडियो