हङकङमा धराने संगित

- अनोज रोक्का

वैशाख २४, २०७६

लाहुरेको शहरको रुपमा चिनिएको धरानको ठुलो हिस्सा हङकङमा छ । नेपाली संगितका धेरै धरोहरहरु धरानले जन्माईसकेको छ । हङकङमा रहेको धरान हङकङ फोरमले प्रत्येक बर्ष विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै धरानमा रहेर सांगितीक कर्म गर्ने प्रतिभाहरुलाई हङकङको स्टेजमा उतारिसकेको छ ।

२० औ बार्षिक उत्सवको अवसरमा धरान हङकङ फोरमले धरान साँझ २०१९ को आयोजना गरेको थियो । कार्यक्रममा गायक शुसन साम्सोहाङ, शुरेश गुरुङ, गायीका हिना मल्ल बराईली, रेश्मा पुन, दि वाकिङ् क्राउड ब्याण्ड लगायतले आफ्नो प्रस्तुती दिए ।

करिब दुई दशकपछि हङकङलाई कर्मथलो बनाएका गायक संजिव लामाको प्रस्तुतीले सवैलाई चकित बनायो । नेपाल आईडलको टप १० बाट बाहिरिएकी हिनाको रकिङ् प्रस्तुतीले पर्याप्त वान्समोर पायो । कार्यक्रममा धरानलाई आफ्नो सांगितीक कर्म बनाउँदै आएको दि वाकिङ् ब्याण्डको प्रस्तुतीले समेत पर्याप्त तालि पायो । 

कार्यक्रममा धरानमा क्लक टावर लगायतका संरचना निर्माणमा उत्कृष्ट योगदान दिने ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । विभिन्न संघसस्थाका प्रतिनिधीहरुको उल्लेख्य उपस्थित रहको कार्यक्रम हङकङ स्थित याउमा तेई कम्युनिटी हलमा आयोजना गरिएको थियो ।

प्रकाशित :वैशाख २४, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×