साप्ताहिक संवाददाता
चर्चित चलचित्र निर्माता छविराज ओझाले अभिनेत्री शिल्पा पोखरेलसँग बिहे भएको खुलासा भएको छ । लामो समयदेखी प्रेममा रहेका उनिहरु केहि बर्षदेखी लिभ इन टुगेदरमा थिए । अन्ततः निर्माता छविराज ओझा आफैले बिहे भएको छनक दिनेगरी तस्विर र क्याप्सन राखेका छन् ।
सोमबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत शिल्पा आफ्नो जीवनको महत्वपुर्ण हिस्सा रहेको उल्लेख गरेका छन् । उनको उक्त पोस्ट हेर्नेहो भने उनिहरुको बिहे भइसकेको अनुमान लगाउन खासै गाह्रो पर्दैन । छविराज ओझाले शिल्पासँग सेल्फी खिचेको तस्बिर राख्दै भनेका छन्, ‘मेरो जीवनको सुरुवात तिमीबाटै र अन्त्य पनि तिमीसँगै गर्न चाहन्छु । यदि कसैले केही भने पनि म अहिले कसैको कुरा सुन्न चाहन्न ।’
छवि र सिल्पाले केहि समयअघि बिहे भैसकेको बजारमा हल्ला चलेको थियो । यद्यपी यस विषयमा उनिहरुले कहिल्यै मुख खोलेका छैनन् । कतिसम्म भने छवि र सिल्पाले आफुहरु गहिरो प्रेम सम्वन्धमा रहेको समेत खुलासा गरेका छैनन् । छविकी पूर्वपत्नी रेखा थापाले त केही समयअगाडि नै छवि र शिल्पाबीच गुपचुपमै बिहे भइसकेको सार्वजनिक गरेकी थिइन् ।
पछिल्लो समय शिल्पा छविको घरपरिवारका सदस्यसँग भेट भैरहेको तस्विर सार्वजनिक हुने गरेका छन् भने महत्वपुर्ण कार्यक्रममा छविसँगै सिल्पा पनि पुग्ने गरेकी छिन् । सामाजिक सन्जालदेखी वजारका कुना–कुनामा समेत बिहे भैसकेको खवर पुगिसक्यो, उनिहरुले बिहे भएको कहिले सार्वजनिक गर्छन् ? त्यो भने हेर्न वाँकी छ ।