साप्ताहिक संवाददाता
नेपाली चलचित्र क्षेत्रका २ महत्वपुर्ण हस्तीको आज विवाह भएको छ । केही समय अगाडि नै कोर्ट म्यारिज गरेर एकसाथ रहँदै आएका निर्देशक दिवाकर भट्टराई र अभिनेत्री दीपिका प्रसाइको आज बिहे भएको हो । पुर्व सिन्धुलीका दिवाकरले पश्चिम कैलालीकी दीपिकालाई सिन्दुर हालेर आधिकारिक रुपमा आफ्नो मान्छे बनाएका हुन् ।
उनिहरुको बिहेका लागी काठमाण्डौंबाट नजिकका केहि साथीभाई उपस्थित थिए । दीपीका लिन दिवाकर झण्डैं २२ घण्टा लामो बाटो यात्रा गरे । आवत–जावत गरेर ४४ घण्टा यात्रा गर्नेछन् ।
निर्देशक दिवाकर र अभिनेत्री दिपिकाको चलचित्र ऐश्वर्यबाट प्रेम सम्वन्ध सुरु भएको हो ।
आज नै काठमाण्डौको एक पार्टी प्यालेसमा कोरियोग्राफर तथा निर्देशक रेनशा वान्तवा राई र निर्माता प्रज्जवल शमशेर जबराको बिहे भएको छ । उनिहरुले आगामी २७ गते काठमाण्डौको एक पार्टी प्यालेसमा भव्य पार्टीको आयोजना गर्ने जनाइएको छ । रेनशाले प्रज्जवलको निर्माणमा तयार भएको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ बाट आफूलाई निर्देशकको रुपमा उभ्याएका थिइन् । सोहि चलचित्र निर्माणको क्रमबाट यो जोडीको प्रेम गाढा भएको बताइन्छ ।
बिहे गरेका दुई जोडीलाई हाम्रो पनि सुभकामना !