साप्ताहिक संवाददाता
स्टेज तथा टेलिभिजन कार्यक्रमदेखि चलचित्रको पर्दासम्म उक्तिकै सत्रिय र लोकप्रिय कलाकार हुन्– जितु नेपाल। सांस्कृतिक कार्यक्रमका त्रममा स्वदेशदेखि विदेशसम्म पुग्न भ्याइरहने यी अभिनेता पछिल्लो पटक नेपाल टेलिभिजनबाट प्रसारण झैरहेको रमाइलो कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ का कारण चर्चामा छन् । कार्यत्रमले अघिल्लो साता प्रसारणको २५ औं भाग पूरा गरिसक्दा यसले दर्शकमाझ बेग्लै पहिचान बनाउँदै गएको छ । दीपकराज गिरीसँग चलचित्र छ माया छपक्कैको स्क्रिप्ट लेखनमा समेत सक्रिय जितु जेठको पहिलो सातादेखि यही चलचिक्रको छायांकनमा सत्रिय हुँदैछन् । जितुसँग साप्ताहिकको फटाफट :
मुन्द्रेको कमेडी क्लबको सफलतालाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
यो कार्यक्रम सफल बनाउने सबैभन्दा महत्वपूर्ण व्यक्ति दर्शकहरू नै हुनुहुन्छ । सर्वप्रथम म उहाँहरूलाई धन्यवाद दिन चाहन्छु । यसको सफलतालाई हामी करिब २५ जनाको टिमको सामूहिक सफलताका रूपमा पनि लिएको छु ।
यो कार्यक्रम प्रारम्भिक चरणमा यत्तिको सफल होला भन्ने लागेको थियो ?
नढाँटी भन्नु पर्दा मैले एक प्रकारको रिक्स नै मोलेको हुँ । नयाँ स्वादको कार्यक्रमलाई दर्शकले कसरी लिनु होला भन्ने चुनौती थियो । २५ भागसम्म पुग्दा दर्शकले जुन प्रकारको साथ र माया दिनुभएको छ, त्यसले हामीलाई थप उत्साहित बनाएको छ ।
कतिपयले यसलाई विदेशी कार्यक्रमको नक्कल पनि भन्दैछन् नि ?
नक्कलभन्दा पनि प्रभावित भएको भन्ने प्रतिक्रिया सुनिरहेका छौं । हामी त सीमित स्रोत र साधनमा विदेशी टेलिभिजन जत्तिकै गुणस्तरको नेपाली कार्यक्रम तयार पार्न सफल भएकोमा खुसी पो मानिरहेका छौं ।
कति एपिसोडपछि यो कार्यक्रम लोकप्रिय हुन थालेको महसुस हुन थाल्यो ?
कार्यक्रमका अघिल्ला दुई श्रृंखला सामान्य थिए । तेस्रो तथा चौथो भागसम्म आइपुग्दा दर्शकले यो कार्यक्रमप्रति रुचि देखाउन थाल्नुभयो । मिस नेपाल श्रृंखला खतिवडालाई प्रस्तुत गरेको एपिसोडपछि भने यसले वास्तवमै लोकप्रियता हासिल गरेको अनुभव गर्यौं ।
लोकप्रियताको मापन कसरी गर्नुहुन्छ ?
अहिले त सजिलो छ नि । युट्युबको ट्रेन्डिङ नम्बर एकमा आएपछि लोकप्रिय भएकै मानिन्छ । त्यसबाहेक दर्शकहरूले दिने प्रतिक्रियाका आधारमा पनि हामी सफल भैरहेका छौं जस्तो लाग्छ ।
दर्शकका गुनासा पनि आउँछन् कि ?
गुनासा त कति आउँछन् कति । अझै हँसाउन पुगेन भन्ने गुनासा बढी आउँछन् । दर्शकको गुनासोप्रति ध्यान दिँदै हामीले सकेसम्म हँसाउने फ्रयास गरिरहेका हुन्छौं ।
कार्यक्रमको तयारीका त्रममा समस्या चाहिँ के–कस्ता आइरहेका छन् ?
हामीलाई सबैभन्दा समस्या त छायांकनस्थलको नै छ । अहिले हामी पर्यटन बोर्डको सभा भवनमा सेट लगाएर छायांकन गरिरहेका छौं तर त्यहाँ विभिन्न कार्यक्रमहरू आयोजना भैरहने हुनाले हामीलाई स्थायी स्टुडियाको अभाव महसुस भैरहेको छ ।
अबको योजना के छ ?
कार्यक्रमलाई ५२ भागसम्म पुर्याएर केही समय विश्राम लिने कि भन्ने सोच छ । त्यसबाहेक सामाजिक क्षेत्रका व्यत्तित्वहरूलाई पनि निम्त्याउने योजना छ । दोस्रो सिजनका लागि भने एउटा विशेष स्टुडियो तथा सेट बनाएर छायांकन गराउने योजना बनाउँदैछौं ।
कार्यक्रमको सबैभन्दा झन्झटिलो पक्ष के लाग्छ ?
सबैभन्दा समस्याचाहिँ कार्यक्रममा सहभागी हुने अतिथिको छनौट नै रहेछ । त्यसबाहेक छायांकनस्थलको अभावमा हामीले एकै दिन दुई–तीनवटा एपिसोड छायांकन गरिरहनु परेको छ ।
अभिनय र कमेडी क्लबको प्रस्तुतिमा कुन सहज ?
सहज त दुवै होइनन् तर म दुवै काममा उत्तिकै रमाएको छु ।
चलचित्र छ माया छपक्कैमा कस्तो भूमिकामा प्रस्तुत हुँदै हुनुहुन्छ ?
सह–निर्माताका रूपमा समेत सहभागी भएको यो चलचित्रमा म हिरो (दीपकराज गिरी)को साथीको भूमिका निर्वाह गर्दैछु ।