साप्ताहिक संवाददाता
अभिनय करियरले गति लिन नसकिरहेका बेला अभिनेत्री ऋचा शर्माले दरबारमार्गमा ठूलो लगानीको रेस्टुराँ सञ्चालनमा ल्याएकी छिन् । पाङ्ग्रा एक्सप्रेसको सञ्चालनमा व्यस्त ऋचाले हालै दिएको एउटा अन्तर्वार्तामा आफू प्रेममा रहेको खुलासासमेत गरेकी छिन् । यद्यपि ऋचाले आफ्नो प्रेमिको नाम भने सार्वजनिक गरेकी छैनन् ।
उनले यही वर्ष विवाह हुने सम्भावनालाई समेत खुलस्त पार्दै उपयुक्त अवसर पारेर आफ्नो प्रेम तथा प्रेमिका बारेमा जानकारी गराउने समेत बताइन् । ‘कुनै एउटा विशेष कार्यक्रममा म उहाँलाई लिएर अवश्य आउनेछु, ऋचाको भनाइ छ । ऋचाले आफ्ना प्रेमिका बारेमा धेरै कुरा नबोले पनि उनी लामो समयदेखि लबिम मलका म्यानेजर दिपेक्ष्य राणासँगको प्रेममा रहेको दावी गरिएको छ ।
एउटा अनलाइनले त उनीहरूले विवाहका लागि आ–आफ्नो परिवारबाट अनुमति समेत पाइसकेको बताएको छ । आउने दसैंभन्दा अघि नै उनीहरू वैवाहिक जीवनमा बाँधिन सक्ने सम्भावना समेत व्यक्त गरिएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर उनीहरू पोखरा घुम्न गएको तथा केही साताअघि चलचित्र लभ स्टेसनसँगै हेरेको बताइन्छ ।