साप्ताहिक संवाददाता
बेलायतकी चर्चित कलगर्ल हेलन वुडको हालै प्रकाशित बायोग्राफीले सनसनी मच्चाउन थालेको छ । उक्त सनसनीको सुरुवातमा बेलायती फुटबलका पूर्वकप्तान बाह्य रुनी परेका छन् । परस्त्रीसँगको सम्बन्धका कारण रोनीकी श्रीमती कोलिन केही वर्ष अघिदेखि उनीबाट अलग बस्दै आएकी छिन् ।
रुनीको परस्त्रीप्रतिको आकर्षणका कारण कोलिनले सुध्रिने मौका दिइरहेको अवस्थामा हेलनको यो वायोग्राफीले रुनीको वैवाहिक जीवनमा अझ ठूलो धक्का लाग्ने देखिन्छ । हेलेनले आफ्नो वायोग्राफीमा लेखेकी छिन्— केही वर्ष अघि रुनी र मैले एउटा होटलमा सँगै रात बितायौं । रात बिताएर छुट्टिने बेलामा रुनी हेलेनको काँधमा टाउको राखेर रुन थाले । उनको हातमा कोलिन गर्भवती भएको तस्बिर थियो । उनी त्यतिबेला यो सम्बन्धका बारेमा कसैलाई नबताउन भनिरहेका थिए ।
रुँदै रुनीले आफ्नो वैवाहिक जीवन पहिलेदेखि नै बिग्रँदै गएको र यदि श्रीमतीले आफूले अन्य युवतीसँग रात बिताएको घटना थाहा पाइन् भने आफ्नो वैवाहिक जीवन बर्बाद हुने बताइरहेका थिए । हेलेनको यो बयानपछि रुनीको वैवाहिक जीवन झनै बिग्रने पक्का छ । श्रीमान्को अनैतिक व्यवहारकै कारण कोलिन उनीसँग अलग भएकी थिइन् ।