सामान्यतः हामी कहाँ रजस्वला/महिनावारी हुँदा ध्यान दिनुपर्ने वाह्य सफाइ अर्थात् मिन्सुरल हाइजिनका कुरा बढी प्रकाशमा छन् । किनभने महिनावारीको समयमा प्रयोग हुने कपडा, प्याड अनि केही सामाजिक बन्देजले सबैको ध्यान खिच्छ, तर प्रश्न के हो भने आजको यो शताब्दीमा बाह्य सफाइका कुराले मात्र सम्पूर्ण विषय समेटिएला ? महिनावारीसँग सम्बन्धित मानसिक एवं भावनात्मक पाटोमा पनि ध्यान पुर्याउनु उत्तिकै जरुरी छ । यस्तो समयमा परिवारभित्र अभिभावकले छोरीहरूलार्ई, दाजुभाइले दिदीबहिनीलार्ई तथा श्रीमान्ले श्रीमतीलार्ई दिने भावनात्मक सहयोगले पुर्याउने सकारात्मक असरको विषयमा कमै चर्चा गरिन्छ । यस्तो माया र स्नेहले महिलालार्ई भावनात्मक एवं मानसिक रूपमा सबल बन्ने वातावरण प्रदान गर्छ ।
रजस्वला स्वास्थ्यसँग चेतनामूलक कार्यक्रम, पाठ्यक्रम, मिडिया सबैमा शारीरिक सरसफाइका कुरा मात्र कुरा देखिन्छ भने मानसिक असर र प्रभावको कमै चर्चा गरिन्छ । साँच्चै भन्ने हो भने रजस्वला वा महिनावारीमा मानसिक समस्या सिर्जना हुनसक्छ र ? भन्ने प्रश्नसमेत जन्मन्छ ।
आयुर्वेद चिकित्सा पद्धतिमा केही यस्ता विशेष कुरा उल्लेख भएको पाइन्छ जसमा रोग नभएका स्वस्थ्य व्यक्तिको स्वास्थ्य रक्षाको कुरा गरिन्छ । जस्तै दिनचर्या, ऋतुचर्या, रजस्वलाचर्या (महिनावारी) हुँदा रोग लागेपछि त औषध, उपचारमा लाग्नैपर्यो तर जो स्वस्थ छन् उनीहरूले आफ्नो स्वास्थ्यको प्रवर्द्धन र प्रतिरोधलार्ईर् क्रियाशील राख्नुपर्छ भन्ने मान्यता आयुर्वेदमा छ । यही सन्दर्भमा रजस्वला चर्चालार्ई अझ विशेष महत्व दिइएको छ ।
प्रजनन उमेरका महिलामध्ये ७०/८० प्रतिशत महिलाले आफ्नो महिनावारी आउने अवधिभर धेरै थोरै केही नकेही मानसिक एवं भावनात्मक संवेग भोगेका हुन्छ । जस्तै कारणै नभै रिस उठ्ने, काम तथा अध्ययनमा मन नलाग्ने, परिवारका सदस्यहरूसँग चिडचिडाहट हुने, एक्लोपन महसुस हुने, कसैले पनि आफ्नो कुरा नबुझेजस्तो लाग्ने आदि । यी समस्या केही वर्ष यता ह्वातै बढेको पाइन्छ । यसमा हाम्रो बदलिँदो पारिवारिक वातावरण, सामाजिक परिवेश अत्याधुनिक जीवनशैलीजस्ता कारण प्रमुख छन् । शारीरिक कठिनाइ त देखिने नै हुन्छ, तर मानसिक कठिनाइलार्ईर् बेलैमा पत्ता लगाएर समाधान गर्न नसके भविष्यमा विकराल अवस्था सिर्जना हुनसक्छ ।
महिनावारीको सारा प्रक्रिया प्रजननसँग पनि जोडिएको हुनाले स्वास्थ्य महिनावारीसँग स्वस्थ सन्तानको उत्पत्ति पनि सम्बन्धित हुन्छ । प्रजनन मात्र नभएर महिलाले आफ्नो स्वास्थ्य रक्षाका लागि पनि रजस्वलाका केही नियम पालना गर्नैपर्छ ।
आयुर्वेदमा महिनावारीको समयमा शारीरिक एवं मानसिक स्वास्थ्य दुवैलार्ई उत्तिकै महत्व दिइएको पाइन्छ । विशेष गरी शहरी क्षेत्रका युवती तथा महिलाहरूमा महिनावारीको समयमा हुने प्रि–मेन्सुरल अपसेट (महिनावारी हुनु अघिको पीडा) बढ्दो छ । महिनाबारीमा अत्यधिक पीडा हुने, महिना खुलेर नआउने, लामो समयसम्म रक्तस्राव भैरहने आदि समस्या बढ्दो अवस्थामा छ भने पोलिस्टिक ओभरी सिन्ड्रोमको समस्या बढ्दो देखिन्छ ।
आधुनिक खानपान एवं जीवनशैलीले यी समस्यालार्ईर् बढावा दिइरहेका छन् । धेरै युवतीमा स्कुल, कलेज तथा कार्यालयमा मैदाजन्य खाजा खाने, सक्रिय व्यायाम, योग, प्राणयाम आदिबाट कोसौं टाढा रहने बानी छ । यस्तो अल्छीपनाले महिना आउनु भन्दा पहिले चिडचिडाहट उत्पन्न हुने, रिसाउने, झन्कने समस्या हामी देखिरहेका छौं । मानसिक भावका यी समस्या आहार–विहारको सामान्य हेरफेरबाट पनि समाधान गर्न सकिन्छ । दैनिक योग, प्राणायाम र ओम उच्चारणबाट पनि डि–स्ट्रेस हुन सकिन्छ ।
स्वस्थ्य महिनावारीका लागि
सामान्यतः तीन दिनसम्म जौ, गहुँ, पोलिस नगरेको चामलको दलिया, रोटी वा भातको प्रयोग दूधसँग गर्ने ।
नुन प्रयोग गर्नुपरे सिधे नुन प्रयोगमा ल्याउने ।
हरियो साग तथा तरकारी प्रयोग गर्ने, मौसम अनुसारको फल खाने ।
बढी तेज काम, उफ्रने, दौडिने, लामो दूरीको यात्रा आदि नगर्ने ।
चर्को ध्वनिबाट जोगिने, चर्को नबोल्ने ।
सहवास नगर्ने ।
सात्विक, सादा जीवनमा रमाउने । विशेष गरी महिनावारीका बेला आभूषण तथा श्रृंगार प्रयोगमा नल्याउने ।
मुनक्का (दाख) सिद्धा वा चामलको पुवा आदि खाने ।
अमिलो, पिरो तथा चर्को खानपान परहेज गर्ने ।
हल्का आराम गरे पनि लगातार नसुत्ने ।
आयुर्वेदमा वर्णित कुनै पनि उपक्रम आदि नगर्ने (अभ्यङ्ग, स्वेदन प्रक्षालन, नस्य वमन) ।
ज्यादा चिडचिडाहट उत्पन्न भए मधुर संगीत सुन्ने, अनुलोम–विलोम, प्राणायाम, ध्यान आदि गर्ने ।
यी नियम पालना गर्दा महिनावारी भएका महिलाहरूलार्ई धेरै फाइदा मिल्छ ।
(डा. कार्की आयुर्वेद चिकित्सक हुन् ।)