साप्ताहिक संवाददाता
नेपालमा बनेको पहिलो नेपाली चलचित्र ‘आमा’ नाम सापटी लिएर तेस्रो पटक ‘आमा’ चलचित्र निर्माण हुने भएको छ । यो नाममा हीरासिंह खत्रीले वि.सं. २०२० मा चलचित्र बनाएका थिए । यसपछि २०५१ सालमा रेसराज आचार्यले पनि ‘आमा’ नाममा चलचित्र बनाए । अब तेस्रो पटक निर्देशक दीपेन्द्र के. खनालले ‘आमा’ बनाउन लागेका हुन् ।
यो चलचिक्रको मङ्गलबार काठमाडौंमा एक कार्यत्रमबीच घोषणा गरिएको हो । चलचित्रमा छायांकन पनि निर्देशक खनालकै रहनेछ । असारमा छायांकन सुरु हुने चलचित्रलाई फागुनको ९ गते सिनेमाघरमा ल्याउाने निर्माणपक्षले बताएको छ ।
चलचित्रमा ‘आमा र छोरी’बिचको सम्बन्धलाई देखाइएने बताइएको छ । चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गर्न लागेकी हुन् । काठमाडौं र रामेछापमा छायांकन हुने चलचित्रको सह–निर्मातामा सन्तोष अधिकारी छन् । चलचित्रको शिर्ष भूमिकामा सुर्यमाला खनाल रहनेछिन् भने छोरीको भूमिकामा अभिनेत्री सुरक्षा पन्त अनुबन्ध भएकी छन् ।
चलचित्रमा देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढालगातका कलाकारले पनि शिर्ष भूमिकामा रहेर अभिनय गर्ने छन् ।