साप्ताहिक संवाददाता
भन्नेहरु त के भन्छन् भने सलमान खान बलिउडका सबैभन्दा चर्चित प्ले ब्वाय हुन् । तर, रणविर कपुरको प्रेम कहानी सुन्ने हो भने सलमान समेत पछि पर्ने देखिन्छ । भारतीय मिडियामा रणविर युवतीप्रती नजर लगाउने मामिलामा सानैदेखी चलाख थिए, अभिनेता भएपछि मात्रै १० जनासँग गहिरो प्रेम सम्बन्धमा परे । यद्यपी रणविर कहिले युवतीहरुका कारण, कहिले आफ्नै इच्छाका कारण दिवानाहरु फेर्दै गए ।
आलिया भट्ट : अहिले आलिया भट्टसँग गहिरो प्रेम सम्बन्धमा छन्, रणबिर । उनिहरुको बिहे हुने चर्चा पनि चलिरहेको छ । उनिहरुको सम्बन्धलाई अहिले दुबै परिवारले स्विकार गरिसकेका छन् । आजभोली सार्वजनिक कार्यक्रमहरुमा उनिहरु सँगसँगै पुग्ने गरेका छन् । खुलम–खुल्ला डेटमा रमाइरहेका छन् ।
अवन्तीका मलीक : इमरान खानकी श्रीमती अवन्तीका रणविरकी पहिलो प्रेमीका थिइन् । उनिहरु केहि बर्ष डेटमा रमाएका थिए । त्यसपछि अवन्तीका इमरान खानसँग बिहे गरिन् ।
सोनम कपुर : चलचित्र सावरियाको सेटवाट रणविर र सोनम नजिक भएका थिए । उनिहरु केहि समय डेटमा रमाए । तर, रणविरले जुन कमिटमेन्ट गरेर सोनमको मन जितेका थिए त्यसअनुसार नभएपछि सोनमले छोडेकी हुन् ।
नन्दिता महतनी : नन्दिता फेसन डिजाइनर हुन् । उनिसँग कामकै शिलशिलामा रणविर नजिक भएका थिए । रणविर १५ बर्ष कान्छो भएका कारण नन्दिताले सम्वन्धबाट टाढा भएकी थिइन् ।
एन्गेला जोन्सन : मोडल एन्गेला चर्चामा रहेका बेला एक्कासी रणविर उनिसँग नजिक भएका थिए । जसरी उनिहरु नजिक भए, त्यसैगरी टाढा भए ।
प्रियंका चोपडा : चलचित्रमा काम गरिरहेका बेला प्रियंका–रणविर नजिक भएका हुन्, सोहि क्रममा गहिरो प्रेममा परे उनिहरु । झण्डै १ बर्षको रिलेशनसिप सामान्य कारणले तोडिएको हो । त्यसपछि उनिहरु धेरै समय बोलचाल समेत गरेनन् ।
दीपिका पादुकोण : दीपिका र रणविरको सम्वन्धका बारेमा बलिउडमा सवैभन्दा धेरै चर्चा भयो । झण्डैं ३ बर्ष प्रेममा परेका उनिहरुको अफेयरलाई फ्यानहरुले समेत मन पराएका थिए । फ्यानहरुको चाहना उनिहरुले बिहे गरिदिए हुन्थ्यो भन्ने थियो तर त्यसो भएन । रणविरको आमाले सम्वन्ध स्विकार नगरेपछि उनिहरुको सम्बन्ध एकाएक टुट्न पुगेको हो । यो सम्वन्ध टुटेपछि दीपिका डिप्रेशनको सिकारमा परिन् । सोहि क्रममा नजिकबाट नियालिरहेका अर्का अभिनेता रणविर सिंहले साथ दिएपछि दिपिकालाई ठुलो राहत मिलेको थियो । त्यसपछि उनिहरु गहिरो प्रेममा परे र बिबाह समेत गरे । हाल दीपिका यो सम्बन्धमा निकै खुसी रहेको बताएकी छिन् ।
नरगीस फाक्री : दीपिकापछि रणविरको प्रेम नरगीससँग परेको हो । यद्यपी सोंचेजस्तो हिसाबले सम्वन्ध अगाडि नबढेपछि उनिहरुको सम्बन्धमा पुर्णविराम लागेको हो ।
कैटरीना कैफ : चलचित्र अजब प्रेमकी गज्जब कहानीबाट कैट र रणविर नजिक भएका थिए । उनिहरु लामो समय डेटमा रमाएका थिए । धेरैले उनिहरुलाई विवाह गर्नुपर्छ भन्न थालेपछि उनिहरुको सम्वन्ध टुंगिएको हो ।
महिरा खान : महिरासँग केहि समय डेटमा रमाएका रणविरले सामान्य कारण देखाउँदै उनलाई छोडिदिएका थिए । त्यसपछि उनिहरुको बोलचाल ठप्प भयो ।