साप्ताहिक संवाददाता
११ औं संस्करणको डी सिने एवार्ड–२०७६ मा दीपकराज गिरी तथा दीपाश्री निरौलाको चलचित्र ‘छक्का पञ्जा–३’ हाबी भएको छ । उक्त चलचित्रले समारोहमा सर्वाधिक ८ वटा एवार्ड जितेको थियो । उक्त चलचित्रले सर्वोत्कृष्ट चलचित्रसहित गायक, गायिका, लोकसंगीत, हास्य अभिनेता, चरित्र अभिनेत्री, सम्पादक तथा निर्देशकको एवार्ड जित्यो । दीपाश्री निरौलले वर्षको उत्कृष्ट निर्देशकको एवार्ड जित्ने क्रममा दर्शकप्रति कृतज्ञता जाहेर गरेकी थिइन् ।
समारोहमा गत चैत मशान्तमा प्रदर्शन भएको केशव भट्टराईको चलचित्र यात्राः अ म्युजिकल भ्लगले ६ वटा एवार्ड आफ्नो पक्षमा पार्यो । उक्त चलचित्र द्वन्द्व निर्देशक, पटकथा, नव निर्देशक, सह अभिनेता, अभिनेता तथा नव निर्देशकको एवार्ड जित्न सफल भयो । समारोहमा यात्राका अभिनेता सलिनामान बनियाँले सर्वोत्कृष्ट अभिनेताको एवार्ड जित्दा सर्वोत्कृष्ट अभिनेत्रीको एवार्ड चलचित्र प्रसादकी नम्रता श्रेष्ठको भागमा पर्यो ।
कलाकारहरूको उपस्थिति अत्यन्त न्यून देखिएको एवार्ड वितरण समारोहमा नीर शाहलाई छायाँछवि लाइफटाइम लिजेन्ड्री एवार्डबाट सम्मानित गरियो भने गायिका देविका बन्दनालाई छायाँछवि चलचित्रकर्मी रजत सम्मान अर्पण गरियो । निर्देशक सोभित बस्नेतले छायाँछवि चलचित्रकर्मी रजत सम्मान पाए भने सञ्चारकर्मी अनन्त वाग्लेलाई छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार प्राप्त गरे ।
चलचित्र छक्का पञ्जाले पटकथाको एवार्ड नजित्नुलाई अधिकांश सहभागिले अनौठो माने । पटकथाको एवार्ड नजितेको उक्त चलचित्रले सर्वोत्कृष्ट चलचित्रको एवार्ड भने जितेको थियो । पटकथाको एवार्ड चलचित्र यात्राले पायो, छक्कापञ्जा भने सर्वोत्कृष्ट चलचित्र घोषित भयो । सहभागी चलचित्रकर्मीहरूले राम्रोलाई भन्दा हाम्रोलाई एवार्ड बाँडिएको टिप्पणी समेत गरे । समारोह सञ्चालन भैरहँदा कतिपय चलचित्रकर्मी समारोहबाट बाहिरिएको दृष्यले आयोजक संस्थालाई समेत खिन्न बनाएको देखिन्थ्यो ।
यी हुन् विजेता
उत्कृष्ट पार्श्वसंगीत - जैसन कुँवर र प्रवेश मल्लिक (भोर)
उत्कृष्ट साउन्ड डिजाइन - मुकेश शाह (डमरुको डन्डीबियो)
उत्कृष्ट गीतकार - राजेश श्रेष्ठ (फूल होइन–रोज)
उत्कृष्ट गायिका - बिन्दु परियार (पहिलो नम्बरमा–छक्कापञ्जा–३)
उत्कृष्ट गायक - डेविड शंकर (पहिलो नम्बरमा–छक्का पञ्जा–३)
उत्कृष्ट लोक संगीतकार - दीपक शर्मा (पहिलो नम्बरमा–छक्का पञ्जा–३)
उत्कृष्ट संगीतकार - एलिश कार्की (फूल होइन माया–रोज)
उत्कृष्ट लोकगीत नृत्य निर्देशक - वसन्त श्रेष्ठ (उम्लियो भने–जय भोले)
उत्कृष्ट नृत्य निर्देशक - कविराज गहतराज (तिम्रो लागि–राम कहानी)
उत्कृष्ट द्वन्द्व निर्देशक - हिमाल केसी (यात्रा)
उत्कृष्ट बालकलाकार - एञ्जल राई (हैरान)
उत्कृष्ट हास्यकलाकार - केदारप्रसाद घिमिरे (छक्कापञ्जा–३)
उत्कृष्ट खलपात्र - माओस्ते गुरुङ (चंगा चेट)
उत्कृष्ट कथा -दीपेन्द्र लामा (गोपी)
उत्कृष्ट पटकथा - सम्राट शाक्य (यात्रा)
उत्कृष्ट संवाद -सुशील पौडेल (प्रसाद)
उत्कृष्ट नवनायिका - सुहाना थापा (ए मेरो हजुर–३)
उत्कृष्ट नवनायक - धीरज मगर (इन्टु मिन्टु लन्डनमा)
उत्कृष्ट नवनिर्देशक - सम्राट शाक्य (यात्रा)
उत्कृष्ट चरित्र अभिनेत्री -लक्ष्मी गिरी (छक्कापञ्जा –३)
उत्कृष्ट चरित्र अभिनेता - सरोज खनाल (क्याप्टेन)
उत्कृष्ट सह–अभिनेत्री - नम्रता सापकोटा (समर लभ)
उत्कृष्ट सह–अभिनेता - सलोन बस्नेत (यात्रा)
उत्कृष्ट छायाँकार - सञ्जय लामा (ए मेरो हजुर–३)
उत्कृष्ट सम्पादक - विपिन मल्ल (छक्कापञ्जा–३)
उत्कृष्ट अभिनेत्री - नम्रता श्रेष्ठ (प्रसाद)
उत्कृष्ट अभिनेता - सलिनमान बनियाँ (यात्रा)
उत्कृष्ट निर्देशक - दीपाश्री निरौला (छक्का पञ्जा–३)
उत्कृष्ट पपुलर चलचित्र - ए मेरो हजुर–
उत्कृष्ट चलचित्र - छक्कापञ्जा–३
क्रिटिक्स एवार्ड - यात्रा
जुरी एवार्ड - डमरुको डन्डीबियो
प्रोत्साहन एवार्ड - सुकुलगुन्डा