साप्ताहिक संवाददाता
चलचित्र पसिनाको प्रदर्शन आज शुक्रबार प्रारम्भ हुँदैछ । आरबी खत्री शरदको लेखन, निर्देशन तथा निर्माणको यो चलचित्रको नारा ‘गरौं सत्कर्म बगाऔं पसिना’ छ । चलचित्रको कथा पनि यो नाराकै वरिपरि घुम्ने निर्देशक खत्रीले जानकारी दिए ।
नन स्टप क्रिएसनको ब्यानरमा निर्माण भएको चलचित्र पसिनामा गौरव पहारी, अनु शाह, सरोज खनाल, रवि गिरी, ध्रुव कोइराला, जयनन्द लामा, सरोज अर्याल, शान्ति गिरी आदि कलाकारले अभिनय गरेका छन् । सञ्जय महतो चलचित्रका कार्यकारी निर्माता हुन् भने शान्ता ढकाल यसकी निर्मात्री हुन् । यो चलचित्रको छायांकन राम केसीले गरेका छन् । चलचित्र पसिनाको छायांकन काठमाडौंका विभिन्न स्थानमा गरिएको थियो ।
यो चलचित्रमा हावा चल्यो सिरिरी, सुनैको दरबार, प्राणभन्दा प्यारो गरी तीनवटा गीत समावेश छन् जसमा संगीतकार राजनराज सिवाकोटी, थिरज राई, दीपक शर्मा आदिको संगीत छ । ६० लाख रुपैयाँ लगानी भएको यो चलचित्र उपत्यकाका १५ तथा बाहिरका ४५ वटा हलमा प्रदर्शन हुने निर्माण पक्षले जानकारी दिएको छ ।