साप्ताहिक संवाददाता
वैशाख २७, २०७६
बेलायतवासी नेपाली अभिनेत्री दिया पुनले अभिनय गरेको चलचित्र हो— दयारानी । दियाले दयारानीबाट आफू आशावादी रहेको बताएकी छिन् । वीरविक्रमबाट नेपाली रजतपटमा उदाएकी दियाले अभिनय गरेका केही चलचित्र भने व्यवसायिक रूपमा सफल हुन सकेनन् ।
चलचित्र दयारानीमा उनी दयाहाङ राईको अपोजिटमा दयारानीको भूमिकामा प्रस्तुत हुँदैछिन् । महिलाले पुरुषबाट भोग्नुपरेको समस्या समेटिएको घरेलु हिंसाविरुद्धको चलचित्र दयारानी नारीप्रधान सोसल ड्रामा भएको पुनले बताइन् ।
दयारानीलाई रामबाबु गुरुङ तथा अपिल विष्टले निर्माण गरेका हुन् भने यसका निर्देशक माउत्से गुरुङ हुन् । सरल अभिनय तथा आफ्नो भूमिकाप्रतिको इमान्दारिताका कारण चलचित्रमा दियाको माग बढ्दो छ, तर बेलायत बसाइका कारण उनले नेपाली चलचित्रलाई पर्याप्त समय दिन सकेकी छैनन् ।