साप्ताहिक संवाददाता
वैशाख २८, २०७६
अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठले अभिनय गरेको एक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सनुप पौडेल र निशा कंडेलको ‘तस्बिरमै होकी मैले चित्त बुझाउने’ बोलको गीतमा यो जोडी देखिएको हो ।
चलचित्र रामकहानी र सम्हालिन्छ कहिले मन चलचित्रमा एकसाथ देखिएका पुजा र आकासको जोडीलाई दर्शकहरुलेरुचाएका छन । सार्वजनिक गीतमा बिष्णु बाबु देवकोटाको शब्द तथा टिका दाहालको संगीत सुन्न सकिन्छ भने गीतलाई एरेन्ज राहुल प्रधानले गरेका छन् ।
निकेश खड्काले निर्देशन गरेको भिडियमा बुद्द थापाको छायांकन, सबिना गुरुङको मेकअफ र सुबल थापाको सह–निर्देशन रहेको छ ।
गीतको म्यूजिक भिडियो :