११ महिनामा १० पटक विदेश यात्रामा निस्कने पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको विदेश दौड कस्तो लाग्यो ?
साप्ताहिक संवाददाता
उनै महामहिमसँगै सोध्नुहोस् न, कस्तो भैरा’छ विदेश यात्रा भनेर ? के थाहा गिनिज बुकमा नाम लेखाउन पो हो कि विदेशतिर कुदिरा । नेपालीले गिनिज बुकमा नाम लेखायो भने नेपालको पनि त नाम चल्छ नि विश्वमा– सकारात्मक सोच ।
रुद्र घिमिरे
आश्चर्य लाग्यो, आठौं आश्चर्य घोषणा गरौं । सबैलाई नेपाली तीनपाने चखाउन छाडेर विदेशी होली वाइन पिलाएरै छाडे । देशको हविगत यस्तो छ, उत्तर कोरियाका किमजोङ अनि खै कुन–कुन राष्ट्रलाई मिलाउन मेरो ठूलो हात छ भन्छन् । यिनलाई उतै खेदाउने हो कि ? विदेश धाइरहनुपर्ने थिएन ।
हरि थापा
सँगै गएको भए पो थाहा हुनु ?
सरोज जीरेल
हरेक क्रियाको प्रतिक्रिया हुन्छ । देशका उच्च अधिकारी विदेश गएपछि त्यसबाट उचित र सार्थक नतिजा निस्कनुपर्छ । बाह्य मुलुकसँग हरेक कुरामा बलियो सम्बन्ध स्थापित गर्नुपर्छ । अन्यथा बाहिर जानुको के फाइदा ?
फुपुछिरिङ भोटे
साँच्चै भनौं, नमच्चिने पिङको सय झट्का । उहाँ दस–बार्ह त के, पूरा एघार महिनामा पचास पटक विदेश गए पनि बाबाजीको ठुल्लु नै हो । यो केवल जनताको पैसाको दोहन मात्र हो ।
नवराज आचार्य
नामै नेपाल । उहाँले विश्वभर नेपालको प्रचार गरेर ठूलो योगदान गर्नुभएको छ । उहाँलाई धन्यवाद दिनुपर्छ । नेपालमा उहाँको नागरिक अभिनन्दन गर्नुपर्छ ।
शिवप्रसाद शर्मा
ओली बाको भाषण सुनेको, यो दिन ल्याउन हामीले कति जेलनेल भोग्यौं, कति आन्दोलन भयो, कति रगत बग्यो भन्दै हुनुहुन्थ्यो— मेहनत गरेका रै’छन्, ठीकै छ, यस्तै दिन देख्नलाई रहेछ ।
कृष्ण खत्री
देशको अर्थतन्त्र अनि राष्ट्रिय कोषको दुरुपयोग, पार्टीगत स्वार्थ र छलकपटको खाका । योव्यक्तिगत लाभ लिने अनि नेपाली जनता र देशलाई गलत दिशामा पुर्याउने कार्य हो ।
अजुर्न राई
सार्है रउसे हुनुहुँदो रै’छ । यस्तालाइ जिताउने मान्छे कस्ता होलान् ? सम्बन्धित क्षेत्रका मतदाताले विचार गरुम् है ।
राकेश सुवेदी
माधवकुमारलाई थाहा थियो, आगामी दिनमा प्रधानमन्त्री हुन्न भन्ने कुरा, त्यसैले विदेशको सयरमा रमाएका छन् ।
विशाल
नेपालले खेलकुदमा भाग लिन उपयुक्त हुन्छ । एथलेटिक्सतिर राम्रो स्कोप छ उहाँको ।
अपरिचित व्यक्ति
दामी लाग्यो । अब आउँदो चार वर्षमा संसारका सबै राष्ट्र भ्रमण गर्ने अनि गिनिज बुकमा नाम लेखाउने ।
विनोद सुब्बा
उपलब्धि शून्य भ्रमणलाई विदेश भ्रमण नभनेर मोजमस्तीको दौड भन्नुपर्छ ।
सागर आचार्य
अब विदेश गएर केही सिकेर देश बनाउलान् भन्ने छैन । माधव नेपालको राजनीतिक दिन गैसक्यो । अवकाशप्राप्त जीवनमा यस्तै हो– घुम्ने–खाने ।
कविरसिंह थामी
विदेश भ्रमण आफैंमा नराम्रो चाहिँ होइन, तर छोटो समयमा यतिका विधि भ्रमण गर्नुको उद्देश्य जनतालाई ब्झुाउन सके राम्रो हुन्थ्यो ।
सन्जीव खत्री
नेपाल किन विदेश भ्रमण गर्छन् र उनको विदेश भ्रमणको उद्देश्य के हो ? अहिलेसम्म उनको विदेश भ्रमणले देशलाई के लाभ भयो ? उनले आफ्नो निजी खर्चमा विदेश भ्रमण गरिरहेको हो कि सरकारी खर्चमा ? कृपया यी प्रश्नको जवाफ पाऊँ, त्यसपछि उहाँको भ्रमणका बारेमा मेरो विचार राख्नेछु ।
ब्रहिम विष्ट
यस्ता अवसर विरलै आउँछन् । जब यस्तै अवसर हामी जनतालाई आउनेछन् र राष्ट्रको ढुकुटीमा हामीले पनि दाइँ गर्न पाउनेछौं त्यतिबेला बताउँला कि विदेश भ्रमणको उपलब्धि कति र के भन्ने कुरा ।
युवराज शर्मा
हाम्रो भन्नु केही छैन, मौका पर्दा त लुट्ने हो । देशको ढुकुटी लुट–लुट, सकेजति लुट ।
हरि कार्की
जनताबाट ढाड सेक्ने गरी कर असुलेर उनीहरूलाई न्यूनतम सेवासुविधा दिनुको सट्टा नेताज्यूहरूले विदेश भ्रमण तथा स्वास्थ्य उपचारमा खर्च गर्ने अनि विकास बजेट न्यून भन्दै विदेशीसँग ऋण माग्ने परिपाटीको छिट्टै अन्त्य होस ।
बिपुल थापा विकास
जति पटक जहाँ गए नि केही लछारपाटो लाग्ने होइन, सरकारी ढुकुटी सक्नु बाहेक अरू केही काम छैन ।
खगेन्द्र थापा