साप्ताहिक संवाददाता
वैशाख २८, २०७६
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मार्स २०२० मिसन अन्तर्गत मंगल ग्रहमा जाने रकेटका लागि हालसम्मकै सबैभन्दा ठूलो हिट शिल्डको निर्माण गरेको छ । उक्त हिट शिल्डको अन्तिम परीक्षण समेत पूरा भएको छ । यसको निर्माण लकहिड मार्टिनद्वारा गरिएको हो र यसको आकार १५ फिट छ ।
मार्स २०२० अन्तर्गत मंगल ग्रहमा जाने नासाको यान २०२१ फेब्रुअरी १८ मा त्यहाँ पुग्नेछ । यसका लागि ऊक्त यानले एकदमै गर्मीयुत्त सबैभन्दा खतरनाक बाटो समेत पार गर्नुपर्नेछ । मंगल ग्रह पुग्नु अघि उक्त यान १९ हजार ३ सय किलोमिटर प्रतिघण्टाको गतिमा कुद्नेछ र त्यस क्रममा आगो लाग्ने सम्भावना समेत हुनेछ । उक्त समयमा यानमा आगो लाग्नबाट जोगाउन हिट शिल्डले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइएको छ ।