साप्ताहिक संवाददाता
नीति तथा कार्यक्रमको कमी–कमजोरी तथा सबल पक्ष केलाउन छोडेर राष्ट्रपतिले मेरो सरकार किन भनेको भन्दै दौडिए जस्तो लाग्छ ।
केदारप्रसाद घिमिरे, हास्यअभिनेता
बेमौसमी वर्षा भएको देख्दा निकै डर लाग्छ ।
मुस्कान ढकाल, निर्देशक
यो बेमौसमी वर्षाले कताकता मन डराउँछ ।
निर्मल लामा, डान्सर
बेमौसमी वर्षाका कारणले कता–कता अप्ठेरो महसुस हुन्छ । सोंचेको–आँटेको काम निर्धारित समय र लोकेसनमा हुन पाउँदैन, त्यसैले दिक्क लाग्छ ।
नवीन पौडेल, गायक
प्रकृतिले तालिका फेर्दैछ, अनि मानिसहरू आ–आफ््नो तरिकाले त्यसको व्याख्या गर्दैछन् ।
जिमी लामा, सामाजिक अभियन्ता
बेमौसमी वर्षा भएको देख्दा कहिलेकाहीँ रमाइलो लाग्छ अनि कहिले चाहिँ मौसमले च्यालेन्ज दिएको हो कि जस्तो हुन्छ ।
सचिन रौनियार, गायक
बेला न कुबेला वर्षा भएको देख्दा जुन बेला वर्षा हुनुपर्ने हो त्यो बेलामा चाहिँ खडेरी पर्ला कि भन्ने डर लाग्छ ।
जितु नेपाल, हास्यकलाकार
सिजनल वर्षा हुनु राम्रो हो । किनभने यो प्रकृतिको नियम नै हो, बेमौसमी वर्षा हुनु भनेको चाहिँ राम्रो होइन । बेमौसमी वर्षा भएका बेला एक किसिमको डर लाग्छ । यसले किसानको खेतीपाती नोक्सान गर्छ । त्यसैले बेमौसमी वर्षा भएको देख्दा दिक्क लाग्छ ।
विक्रान्त मेहता, गायक तथा चिकित्सक
वर्षा त मलाई एकदमै मनपर्छ । वर्षाले मेरो मनलाई प्रफुल्लित तुल्याउँछ र वर्षालाई नियाल्दै प्रेम कविता लेख्न मनलाग्छ ।
बालिका थपलिया, लेखिका
हिजोआज बेमौसमी वर्षा भैरहेको देख्दा दिक्क लाग्छ । यसरी वर्षा हुनु ठीक होइन ।
हेमन्त कान्छा रसाइली, गायक
जब बेमौसमी वर्षा हुन थाल्छ त्यतिबेला घरमै बसिरहुँ जस्तो लाग्छ ।
गौरव पहारी, अभिनेता
यो बेमौसमी वर्षाले मलाई मात्र होइन सबैलाई दुःख दिएको होला । अझ काठमाडौंमा बस्ने हरूका लागि त फोहोरमैला, दुर्घटना, हिलो बाटो अनि ट्राफिक जाम बढ्ने हुँदा थप तनाव हुन्छ । अझ त्यसमाथि आएको हुरीबतासले त आतंक नै मच्चाएको छ । त्यसैले मलाई यो बेमौसमी वर्षाका साथै आउने हुरीबतासले व्यर्थको तनावमात्र बढाइरहेको हुन्छ ।
निर्जन थापा, अभिनेता
यो समयमा केही सुटिङ गरी हालौं जस्तो एउटा अनौठो ऊर्जा प्राप्त हुन्छ ।
लक्ष्मण पौडेल, निर्देशक
बेमौसमी वर्षा र बेमौसमी तरकारी उस्तै–उस्तै लाग्छन् । यी स्वास्थ्य र जीवनका लागि कम फाइदाजनक हुन्छन् ।
अमर न्यौपाने, साहित्यकार
मौसमी होस् वा बेमौसमी वर्षा हुँदा मलाई रमाइलो लाग्छ, तर हामी कलाकारलाई भने गाह्रो छ । कहिलेकाहीँ कार्यक्रम गर्दागर्दैर् छाडेर भाग्नुपर्छ । कहिले त बेमौसमी वर्षा र हावाहुरीले कार्यक्रमका लागि बनाइएको स्टेज नै भत्काइदिन्छ ।
दिनेश काफ्ले, हास्यकलाकार
यदि सानोतिनो साधारण वर्षा हो भने एकदम रोमान्टिक फिल हुन्छ, तर ठूलो डरलाग्दो वर्षा छ भने एकदमै पिर अनि डर लाग्छ ।
कल्पना कुसुम, गायिका
मलाई त मौसमी होस् कि बेमौसमी वर्षा असाध्यै मनपर्छ ।
प्रमोद अग्रहरि, अभिनेता
बेमोसमी वर्षा त झन् रमाइलो लाग्छ । किनभने यसले नसोचेको आनन्द दिन्छ ।
दीपेन्द्र लामा, निर्देशक
हिजोआज गल्ली–गल्लीमा प्य्रांक गर्नेहरू भेटिन्छन् । त्यो देखेर इन्द्र भगवानले पनि प्य्रांक गर्नुभएको हो कि जस्तो लाग्छ । जे होस् वर्षा मौसमी होस् कि बेमौसमी, म चाहिँ यसमा रमाउँछु । हिउँद होस् वा वर्षा सधैं छाता बोकेर हिँड्नु पर्दा चाहिँ झन्झट लाग्छ ।
दीपक आचार्य, हास्यकलाकार
यो बेमौसमी वर्षा सुटिङ भैरहेको समयमा भयो भने त सर्लक्कै डुब्छौं होला जस्तो लाग्छ ।
शिव विक, नृत्य निर्देशक
बेमौसमी वर्षा भएका बेला रोमान्टिक फिल हुनुका साथै मौसमले च्यालेन्ज गरेको हो कि जस्तो लाग्छ ।
निक्स शर्मा, मोडल
वर्षाको आफ्नै छुट्टै मज्जा हुन्छ । मौसमी होस् कि बेमौसमी होस्, पानी परिरहेका बेला घरमा बसेर मकै र चिया पिउँदै चलचित्र हेर्न पाए हुन्थ्यो जस्तो लाग्छ । यद्यपि काम भैरहेका बेला पानी पर्यो भने चाहिँ साह्रै दिक्क लाग्छ । अझ चलचित्रको आउटडोर सुटिङ भएका बेला त चलचित्रको पुरै टिमले नै दुःख पाउँछ । त्यसैले सुटिङको समयमा चाहिँ वर्षा नभैदिए हुन्थ्यो जस्तो लाग्छ ।
जाहन्वी बस्नेत, अभिनेत्री
काममा हिडेको बेलामा वर्षा भयो भने डर लाग्छ । हिजोआज हावाहुरी र बेमौसमी वर्षाकै कारण दुर्घटनाका खबर सुनिन्छ । त्यसैले मलाई डर लाग्छ ।
एलिसा राई, मोडल