साप्ताहिक संवाददाता
इजरायली वैज्ञानिकहरूले थ्रीडी प्रिन्टिङ प्रविधिको मद्दतबाट कोशिका र धमनी सहितको मुटु निर्माणमा सफलता हासिल गरेका छन् । चिकित्सा विज्ञानको क्षेत्रमा यसलाई एउटा महत्वपूर्ण खोजका रूपमा लिइएको छ ।
यसअघि वैज्ञानिकहरूले मानव शरीरको कोषहरू मात्र बनाएका थिए । त्यसमा धमनी राख्न सकेका थिएनन् । यसको खास विशेषता भनेको यसलाई मानव कोशिकाहरूबाट निर्माण गरिनु हो । धमनीसहितको मुटु विकास गरिएको यो पहिलो घटना हो ।
इजरायलको तेल अभिव युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले तयार पारेको यो मुटु अहिले नै पूर्ण रुपमा काम गर्न भने सक्षम छैन । यद्यपि पहिलो पटक वैज्ञानिक थ्रीडी प्रविधिबाट कृत्रिम मुटु बनाउने दिशामा यति नजिक पुगेका छन् ।
थ्रीडी प्रिन्टेड यो मुटुको आकार भने खरायोको मुटु जत्रो मात्र छ भने अनुसन्धानकर्ताहरू चाँडै नै मानवका लागि प्रयोग गर्न सकिने मुटु पनि तयार गर्न सकिनेमा विश्वस्त छन् ।
वास्तवमा यो पुस्ताको थ्रीडी प्रिन्ट रिजोलुसनमा माक्र सीमित छ । यस्तो स्थितिमा अत्यन्त मसिना रत्त धमनीको निर्माण निकै कठिन सावित हुनेछ । उक्त कठिनाइबाट पार पाएपछि नै मानवका लागि कृत्रिम मुटु निर्माण सम्भव हुनेछ ।