साप्ताहिक संवाददाता
वैशाख ३०, २०७६
सुन साइँली...गीतको सफलतापछि गीत तथा म्युजिक भिडियोमा वैदेशिक रोजगारीको पीडा तथा समस्या चित्रण गर्ने कार्यले गति लियो । त्यस्तै शैलीका थुप्रै गीत बने, तर सबैले सफलताको स्वाद चाखेनन् ।
यतिबेला युवा गायक सुबिन लामाले ‘काठमाडौं सहर’ शीर्षकको गीत तयार पारेका छन्, जसमा वैदेशिक रोजगारीमा गएका नेपाली छोराको संघर्षर् चित्रण गरिएको छ । राम लामा अविनासीको शब्द तथा किसन गुरुङ र गायक लामाको संगीतको उक्त गीतको म्युजिक भिडियोलाई दर्शकले मन पराएका छन् ।
सुशिल रेग्मी, भावना पाठक तथा रोजित क्षेत्रीले वैदेशिक रोजगारीको पीडा अभिनयमार्फत प्रस्तुत गरेका छन् । प्रायः भावुक शैलीका गीत गाउन रुचाउने गायक लामाले यसअघि हामी एक हौं शीर्षकको राष्ट्रिय गीतबाट इमेज एवार्ड जितेका थिए ।