साप्ताहिक संवाददाता
वैशाख ३०, २०७६
आफ्नो समयका चर्चित बलिउड अभिनेता चंकी पाण्डेकी छोरी अनन्या पाण्डे बलिउडमा इन्ट्री गर्न तयार भएकी छिन् । यसका लागि उनले करण जौहरको चलचित्र स्टुडेन्ट्स अफ द इयर–२ लाई रोजेकी छिन् ।
यो चलचित्रमा अनन्याले टाइगर श्राफसँग जोडी बनाएकी छिन् । यसैसाता जारी गरिएको चलचित्रको टिजरमा अनन्याले टाइगर श्राफलाई चुम्बन गरेको देखाइएको छ ।
उक्त चुम्बनको दृश्य यतिबेला बलिउडमा चर्चाको विषयसमेत भएको छ ।