साप्ताहिक संवाददाता
वैशाख ३०, २०७६
अभिनेत्री वर्षा शिवाकोटी आफूले ड्रेसअपमा अलि बढी ध्यान दिने बताउँछिन् । उनी पोखरामा केही नौलो पहिरनमा देखिइन् । ‘यो फस्ट टाइम हो, जिन्समा यसरी म पहिले कहिल्यै देखिएकी थिइनँ,’ वर्षाले भनिन् ।
सुनिता श्रेष्ठले डिजाइन गरेको जिन्सको नयाँ स्टाइलमा देखिएकी वर्षाले दर्शकको ध्यान केन्द्रित गर्न यसो गरेको बताइन् । आफू पहिरनको सोखिन भएको उनले त्यहाँ खुलाइन् । अकेजनली, इभेन्टअनुसार ड्रेसअप लगाउनुपर्ने उनको धारणा छ ।
‘ड्रेसअप प्रिजेन्टेवल हुनुपर्छ’ शिवाकोटीले भनिन् । वर्षाको धेरै खर्च हुने पहिरनमै हो । यद्यपि अहिले धेरै स्टोर तथा डिजाइनरसँग कोलाब्रेसन गरेका कारण पहिरन खासै किन्नु नपरेको उनले बताइन् ।