साप्ताहिक संवाददाता
वैशाख ३०, २०७६
प्रि–अस्पताल केयर : यो चरण बिरामीको प्राथमिक उपचारसँग सम्बन्धित हुन्छ । यतिबेला बिरामीको अवस्था कस्तो छ थाहा पाउने, सुरक्षित स्थलमा राख्ने, आवश्यकताअनुसार कृत्रिम श्वासप्रश्वास गराउने ।
कम्युनिकेसन : तत्काल थप उपचार गर्न सम्पर्क–समन्वय गर्ने तथा अस्पतालमा उपचारको व्यवस्था गर्ने ।
हस्पिटल नेटवर्किङ तथा हस्पिटल केयर : बिरामीको अवस्था यकिन गरी कुन प्रकारको ट्रमा हो सोहीअनुसार उपचार सुरु गर्ने ।
मानवीय स्रोत एवं भौतिक सामग्री : ट्रमा विशेषज्ञ सेवा स्पेसलाइज्ड केयरका लागि खोलिएको अस्पताल हो, जसमा चोटपटक लागेका बिरामीका लागि तत्काल विशेष उपचार पद्धति अपनाइन्छ । त्यहाँ पर्याप्त मात्रामा मानवीय स्रोत र भौतिक साधन हुनुपर्छ ।