साप्ताहिक संवाददाता
नेपाली कथानक चलचित्र ‘आप्पा’को गीत सार्वजनिक भएको छ । दयाहाङ राई स्टारर चलचित्रको ‘अमला’ बोलको गीत सार्वजनिक गरिएको छ ।
सार्वजनिक गीतमा हर्क साउँदको शब्द, एसडी योगी र सुशान्त गौतमको संगीत तथा मेलिना राई र एसडी योगीको स्वर सुन्न सकिन्छ ।
भिडियोमा किरण थापा, बुद्ध लामा र सुरैन राईले कोरियोग्राफी गरेका छन् । रवी न्यौपानेले छायांकन गरेको गीतलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् । रेनेशा वान्तवा राईले निर्देशन गरेकी हुन् ।
चलचित्रको नयाँ प्रदर्शन मिति असार १३ गतेका लागि तय गरिएको छ । यसअघि जेठ २४ गते चलचित्र रिलिज गर्ने घोषणा गरिएको थियो ।
बाबु छोराको सम्बन्धको कथामा निर्माण भएको ‘आप्पा’लाई अनमोल गुरुङले निर्देशन गरेका हुन् । चलचित्रमा दयाहाङ राई, सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चासँगै वरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारको समेत मुख्य भूमिका रहेको छ ।
‘आप्पा’मा निर्देशक अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद रहेको छ ।
अमलाको भिडियो :