साप्ताहिक संवाददाता
वैशाख ३१, २०७६
१२ वर्षीया रोजन बराइली नेपालकै कान्छा र्याप गायकका रूपमा श्रोतामाझ आएका छन् । रक गायक विनोद ढकालले उनको प्रतिभा चिनेपछि उनी कलिलै उमेरमा गायकका रूपमा प्रस्तुत भएका हुन् ।
गायक ढकालको पछिल्लो गीत ‘दुःख’ मा बराइलीले र्याप हानेका छन् । बाल्यकालदेखि नै र्याप संगीतप्रति आकर्षित धादिङका बराइलीलाई गायक ढकालले आफ्नै संगीतको र्याप गीतमा फिचर गरेका हुन् ।
रमाइलो कुरा के छ भने उक्त गीतका रचनकार पनि र्यापर बराइली नै हुन् । गीतमा दिनेश श्रेष्ठको संगीत संयोजन छ । ‘दुःख’ को म्युजिक भिडियोलाई सोनम पाख्रिनले निर्देशन गरेका हुन् ।
उक्त गीतमा डिट्ठा साब उपनामले चिनिने कलाकार किशोर भण्डारी, कविता आलेमगर तथा जोर्डन राजभण्डारीले अभिनय गरेका छन् ।