बक्सिङ खेलाडीकोरुपमा आफुलाई प्रमाणित गरिसकेका निवेश घलेले ऐतिहासिक जित निकालेका छन् । हङकङ वानचाई स्थित कन्भेन्सन एण्ड एक्जिभिसन हलमा आयोजित भिडन्तमा जापानी प्रतिद्धन्दी शोगो यामामोतोलाई पराजित गर्दै निवेशले उक्त जित निकालेका हुन् ।
टेक्निकल्ली खेलमा पाराङ्गत निवेशले २ मिनेट २९ सेकेण्डमा जापानका बलिया प्रतिद्धन्दीलाई नकआउट गरे । खेलभरि निवेशले शोगोलाई आफ्नो वसमा राखेका थिए । लगातारको मुक्काले अनुहारभरि चोट बोकेका शोगोले प्रहार गरेको केहि बडिसटलाई थाम्न गाहृो परेको थियो निवेश भन्छन् मेरो धैर्यता, खेल कौशल र नेपालीहरुको साथले मलाई जीतको लागि बल प्रदान गर्यो ।
नेपाली समुदायका निवेश ब्यवसायीक बक्सिङ खेलाडी हुन् । जितपछिको खुसी साट्दै अग्रेजी महिनाको आमाको मुख हेर्ने दिन पाएको सफलता सम्पुर्ण नेपाली आमाहरुलाई समर्पित गर्ने बताए ।
एशियन प्रोफेशन बक्सिङ च्याम्पियनशिप अर्न्तगत निवेशको यो छैठौं भिडन्त थियो । अहिलेसम्म उनले ४ नकआउट ५ जित र १ हारको किर्तिमान राखेका छन् । यो जितसागै निवेश अन्य केहि भिडन्तहरुका लागि पनि आफुले तयारी थालिसकेको बताए ।