साप्ताहिक संवाददाता
वैशाख ३१, २०७६
कलाकार नाजिर हुसेनका प्रशंसक बढ्दैछन् । स्वभाव र अभिनय कलाकै कारण उनका प्रशंसक बढेका हुन् । हालसालै पोखरामा एक किशोरीले उनलाई गिफ्टसहित भेटिन् ।
नाजिरसँग भेटेपछि रिया नामकी ती फ्यान आँसु झार्दै रुन थालिन् । ती उनका खुसीका आँसु थिए । त्यहाँ जम्मा भएका व्यक्तिहरूलाई उक्त दृश्य नौलो लागिरहेको थियो ।
नाजिरले उनलाई नरुन अनुरोध गरे । नाजिरको पटक–पटकको अनुरोधपछि बल्ल उनका आँसु थामिए । रियाले नाजिरलाई सीधा आँखाले समेत हेर्न सकिनन् । उनीहरू पछि पनि भेट्ने भन्दै त्यहाँबाट छुट्टिए ।