साप्ताहिक संवाददाता
आगामी जेठ ३ मा प्रदर्शन हुन लागेको चलचित्रका निर्देशक हुन्, मिलन चाम्स । यसअघि धेरै सफल चलचित्र दिइसकेका कारण चाम्स नेपाली चलचित्रका बलिया खम्बा बनेका छन् । बेला–बेलामा खरो बोलेर मिडियामा छाउने निर्देशक चाम्सले नेपाली चलचित्र र चलचिचत्रकर्मीहरुबिचको अस्वस्थ प्रतिस्पर्धाका कारण धेरै चलचित्र फ्लप भैरहेको बताएका छन् ।
हालै कान्तिपुरसँगको कुराकानीमा चाम्सले भने, ‘नेपाली चलचित्रकर्मीहरु मिलेर अगाडी बढ्न सक्यौं भने समग्र चलचित्र उद्योग र निर्माण टिमलाई फाइदा पुग्ने हो नत्र हामीलाई नै घाटा हुनेछ ।’ चाम्सको चलचित्र जात्रै जात्रासँग भिड्दैछ । यद्यपी, चाम्सले आफुले उक्त मितिमा भिड्न नगएको तर जात्रै जात्रा भिड्न आएका कारण आफुहरुले डेट परिवर्तन नगरेको बताए । हामिले धेरै पहिले यो मिति लक गरेका थियौं, उहाँहरु हामिसँग भिड्न आउनुभयो तर उहाँहरुले के बुझ्नुभएन भने भिडाउनु राम्रो हुँदैन ।’
जेठ ३ मा नेपाली बक्सअफिसमा ५ सिनेमा रिलिज हुँदैछन् । वीर वीक्रम २ र जात्रै जात्रा जस्ता प्रतिक्षित सिक्वेलले दुई हलिउड र एक बलिउडसँग प्रतिस्पर्धा गर्नु पर्नेछ । तर, एउटा मात्रै नेपाली चलचित्र आएको खण्डमा धेरै सहज हुने चलचित्र पण्डितहरुको बुझाई छ । बिदेशी चलचित्रको स्वादसँगै दुई नेपाली चलचित्र हलमा लगाउँदा दर्शक भड्कन सक्ने चाम्स बताउँछन् ।
‘हामि घर भित्रै किन प्रतिस्पर्धी गर्ने ? अहिलेको समय घर भित्र झगडा गर्ने हैन, प्रतिस्पर्धा बिदेशीसँग गरौं, नेपाली चलचित्रकर्मीहरुले एकले अर्कालाई साथ र सहयोग गर्दै हिड्यौं भने त भैहाल्छ नि !’
नेपाली चलचित्रहरु एक आपसमा भिड्दा यसअघि धेरै चलचित्रहरु पछारिएको बताउँदै निर्देशक चाम्सले कुनै मितिमा अर्को चलचित्र लक भएको छ भने पछि आउने चलचित्रर्कीले त्यो मितिमा आफ्नो चलचित्र नजुधाएर अर्को मिति खोज्न लाग्नेहो भने दुबैलाई राम्रो हुने बताए ।
अधिकांश भाग मनाङ–मुस्ताङमा खिचिएको यो चलचित्रमा पल शाह, नाजिर हुसेन, बुद्धी तामाङ, बर्षा सिवाकोटी, क्रिजन गौतम लगायतका कलाकारको मुख्य भुमिका छ भने चलचित्रको डिओपीको भुमिकामा सुदीप बराल छन् ।