साप्ताहिक संवाददाता
डाउनलोड बिना अनलाइन गेम खेल्न पाउनु धेरैका लागि आकर्षक र रमाइलो पक्ष हो । कुनै वेबसाइट खोलेर त्यसमा भएका गेम खेल्दै लामो समय बिताउन चाहनेहरू धेरै हुन्छन् । यस्ता धेरै वेबसाइट उपलब्ध छन् । ती मध्ये केही वेबसाइट निकै चर्चित छन् ।
मिनिक्लिप
मिनिक्लिप पहिलेदेखि नै गेमका लागि लोकप्रिय वेबसाइट हो । अहिले यो अनलाइन ब्याटल रोयल गेम निःशुल्क खेलका लागि प्रचलित छ । यद्यपि यसमा पजल गेम्स, रेसिङ, एड्भेन्चर, स्पोर्ट्स, मोबाइल गेम्स आदि पनि उपलब्ध छन् । यी गेम लोड हुन धेरै समय लाग्छ भने ठूलो साइज भएकाले मल्टी प्लेयर गेमको स्पिड पनि कम हुन्छ ।
पोगो डटकम
यो वेबसाइट प्लान्ट्स भर्सेज जाम्बिज, स्क्र्याबल आदिका लागि लोकप्रिय छ । यसमा उपलब्ध आरपीजी, एक्सन र पजल गेम्सको गुणस्तर धेरै राम्रो छ । यद्यपि यसमा पनि केही कमजोरी छन् । कुनै गेम खेल्न साइन अप गर्नुपर्छ भने बीचमा बिज्ञापन आउने हुनाले गेममा समस्यासमेत सिर्जना हुन सक्छ ।
एडिक्विटिङ गेम्स डटकम
यो वेबसाइटमा पजल, एक्सन, फन्नी एन्ड स्केप जस्ता फ्ल्यास गेम उपलब्ध छन् । प्रत्येक गेमका लागि अलग क्याटागोरी उपलब्ध उक्त प्लेटफर्ममा रजिस्ट्रेसन गरेपछि गेम खेल्न सकिन्छ । यद्यपि यसमा पनि बीच–बीचमा आउने विज्ञापन तथा निर्देशन विनाका गेमले समस्या निम्त्याउन सक्छन् ।
एगेम डटकम
यो वेबसाइटमा बालबालिकासँग सम्बन्धित गेमका साथै रेसिङ, एड्भेन्चर तथा एक्सनसँग सम्बन्धित गेम उपलब्ध छन् । यो अनलाइन सर्भिस गेमको बीचमा आउने विज्ञापनलाई स्केप गर्न सकिन्छ । यसमा भएका गेमलाई पनि डाउनलोड गर्नु पर्दैन र सहज तरिकाले खेल्न सकिन्छ ।