साप्ताहिक संवाददाता
इन्डोनेसियामा एउटा अनौठो परम्पराले जरा गाडेको छ । त्यहाँ हरेक वर्ष महिलाहरूले अपरिचित पुरुषसँग यौनसम्पर्क कायम राख्छन् । अझ रोचक कुरा त के छ भने विवाहित महिलाले कुनै अपरिचित पुरुषसँग यौन सम्बन्ध कायम गर्ने क्रममा उनीहरूका श्रीमान्ले समेत सहयोग गर्छन् । यो चलन १६ औं शताब्दीदेखि चलिआएको छ ।
हामीकहाँ परपुरुषसँगको सम्बन्ध अवैध र घृणित मानिन्छ तर इन्डोनेसियाको पोन नामक पर्वमा महिला तथा पुरुषहरू माउन्ट केमुकस पुग्छन् । त्यहाँ महिलाहरूले आफूलाई मन पर्ने कुनै अपरिचित पुरुषको खोजी गर्छन् अनि मनले खाएको पुरुष फेला परे सहमतिमा यौनसम्पर्क राख्छन् । हरेक ३५ दिनमा जब यो पर्व आयोजित हुन्छ, महिलाहरूले सोही पुरुषसँग यौनसम्पर्क गर्नुपर्छ ।
लगातार सात पटकसम्म महिलाले उक्त पुरुषसँग यौनसम्पर्क गरेपछि महिलाको मनको इच्छा पूरा हुने जनविश्वास छ । यो पर्वसँग एउटा अनौठो कथा जोडिएको छ । १६ औं शताब्दीमा त्यहाँका राजा थिए– पेगेरन समोरो । उनी आफ्नी सौतेनी आमा नायी ओत्रोवुलानलाई खुब मन पराउँथे । एकरात जब उनी सौतेनी आमासँग यौनसम्पर्क गरिरहेका थिए, त्यही समयमा दुवैको हत्या भयो । त्यसैले राजा र उनकी सौतेनी आमाले पूरा गर्न नपाएको यौनक्रीडा जसले पूरा गर्छ उसका सबै दुःख हट्ने र घरमा खुसियाली छाउने विश्वास गरिन्छ ।