साप्ताहिक संवाददाता
बर्षा सिवाकोटी पछिल्लो पुस्ताकी लोकप्रिय अभिनेत्री हुन् । केहि हिट चलचित्र समेत दिइसकेकी छिन् उनले । यहि शुक्रवारदेखि नेपालभर प्रदर्शनमा आउने चलचित्र वीर विक्रम–२ की मुख्य अभिनेत्री सिवाकोटीले यो चलचित्र आफुले काम गरेका चलचित्रहरुमध्ये सर्वोत्कृष्ट भएको बताएकी छिन् ।
हालै कान्तिपुरसँग कुराकानी गर्दै उनले यो चलचित्रमा आफुले धेरै मिहेनतले काम गरेकाले आफ्नो क्यारेक्टरबाट दर्शक निराश नहुने दाबी समेत गरिन् । उनले भनिन्, ‘यो चलचित्र हेर्दा मेरो मात्रै होइन, समग्र अरु कलाकार र चलचित्रको कथाबस्तुले समेत दर्शकलाई मज्जा दिनेछ ।’ बर्षाले अहिलेसम्म अधिकांस चलचित्रमा खटेर काम गरेपनि यो चलचित्रमा थप मिहेनत गरेको बताइन् ।
चिसो मौसम र निकै कठिन लोकेशनमा निर्माण टिमले जसरी चलचित्र खिचेको छ बास्तवमा चलचित्र पनि निकै राम्रो बनेको छ, अभिनेत्री सिवाकोटीले भनिन्, ‘बास्तवमा वीर विक्रमले दर्शकलाई निराश बनाउँनेछैन ।’ सोहि चलचित्रको लागि केहि चलचित्र छोडेको संस्मरण गर्दे सिवाकोटीले चलचित्र थोरै भएपनि उत्कृष्ट काम दिन आफु पछि नहट्ने बताइन् ।
यसअघि उनले नाई नभन्नु ल २, लप्पन छप्पन, सुब्बा साब, कारखाना, पशुपति प्रसाद लगायतका चलचित्रसँगै दर्जनौं गीतका भिडियोमा समेत काम गरिसकेकी छिन् ।