साप्ताहिक संवाददाता
अभिनेता पल शाह आफूले चलचित्रमा कहिल्यै किस सिन नगर्ने बताउँछन् । मेरो एउटा रुल छ, म पहिल्यै निर्देशकलाई भन्छु किस सिन गर्दिनँ भनेर । ‘अहिलेसम्म मैले नो किसिङवाला रुल अपनाइरहेको छु । म आफ्ना प्रशंसक तथा परिवारप्रति उत्तरदायी छुँ । म उहाँहरूलाई अप्ठ्यारो लाग्ने सिन दिन्नँ । यो मेरो प्रतिबद्धता हो,’ पोखराका सञ्चारकर्मीमाझ पलले भने ।
‘कथाले मागे पनि नमागे पनि किस सिनमा कहिल्यै सम्झौता गर्दिनँ, बरु त्यस्तो चलचित्रमै अभिनय गर्दिनँ,’ उनले थपे । अर्काको खुट्टा तान्ने प्रवृत्ति तथा बुझी–बुझी बुझ पचाउने व्यक्ति पललाई पटक्कै मन पर्दैनन् ।
घरबाट बाहिर निस्किएपछि मुमा र बहिनीलाई फोन गरेर कहाँ छु, के गर्दैछु अपडेट गराउने स्वभाव उनमा छ । गलफ्रेन्डलाई नै श्रीमती बनाउने धोको भएको बताए पनि आफ्नी गर्लफ्रेन्डको नाम भने उनले लिएनन् । पल फुर्सदमा मोबाइलमा व्यस्त हुन्छन् ।