साप्ताहिक संवाददाता
जेष्ठ २, २०७६
सबैलाई थाहा छ, रेखा थापा राजनीतिमा रुचि राख्छिन् । यद्यपि धेरैलाई के थाहा छैन भने कमल थापाको राप्रपामा भएकी रेखा किन विप्लव माओवादीप्रति सहानुभूति देखाउँछिन् आफ्नो ट्विटरमा ।
कहाँ राजतन्त्र समर्थक कमल थापा, कहाँ गणतन्त्रवादी विप्लव दुई विपरीत ध्रुव ? त्यस्तै रेखा एनसेलले कर नतिरेकाले एनसेलको सिम प्रयोग नगरौं भन्ने अभियानमा पनि जोडतोडले लागेकी छिन् ।
थापा के बुझेर यो अभियानमा जोडिएकी हुन् उनै जानून्, किनभने रेखालाई कतै लाग्न र केही भन्न कसैले सिकाइरहनु पर्दैन ।
गणतन्त्रवादी माओवादीबाट एकैपटक राजतन्त्रवादी कमल थापाको पार्टीमा हामफाल्न सक्ने रेखा आफ्नै मर्जीकी मालिक्नी हुन् । उनले कतिबेला के गर्छिन् वा के भन्छिन्, कसले भन्न सक्छ र ?