साप्ताहिक संवाददाता
जेष्ठ २, २०७६
चीनको राजधानी बेइजिङ महानगरपालिकाले आमनागरिकको धन सम्पत्तिको रात्रिकालीन सुरक्षाका लागि पहिलो पटक रोबोटलाई तैनाथ गरेको छ । उक्त रोबोटले बेइजिङका आवासीय क्षेत्रमा बासोबास गर्ने मानिसहरूसँग कुराकानी गर्ने र उनीहरूको तस्बिर खिच्ने समेत काम गर्छ ।
वेइजिङ्गका भित्री सहरहरूमा बढ्दो गैरकानुनी तथा आपराधिक गतिविधिमा नियन्त्रण गर्न रोबोटलाई खटाइएको त्यहाँका अधिकारीहरूले बताएका छन् ।
बेइजिङ एरोस्पेस अटोमेटिक कन्ट्रोल इन्स्टिच्युटका परियोजना निर्देशक ल्यु गोङजुङका अनुसार पहिलो चरणमा स्थानीय मेयुयान समुदायको आवास क्षेत्र लक्षित यो अभियान अहिले परीक्षणको चरणमा छ । अभियानको सफलतापछि यसलाई अप्रिल २०१९ देखि ठोस रूपमा लागू गरिनेछ ।