दम्पतीबीच एक–अर्काको भावनालाई सम्मान नगर्नु, बेवास्ता गरिएको अनुभूति हुनु, यौन नैराश्यताले ग्रसित हुनु, उनीहरूमाझ साथै बस्ने चाहना नहुनु, भावनात्मक अन्तरड्ड सम्बन्ध नहुनु जस्ता कुराले वैवाहिक सम्बन्धभन्दा बाहिर सम्बन्ध स्थापित गर्नेतर्फ डोर्याउँछ, तर तपाईंको सन्दर्भका विवाहित हुँदाहुँदै पनि किन यसरी अर्को व्यक्तिसँग सम्बन्ध राख्नुभएको हो भन्ने कुरा प्रश्नमा त्यति स्पष्ट छैन । अर्को व्यक्तिसँग प्रेममय सम्बन्ध छ जस्तो नलागे पनि तपाईंको समस्याको राम्रोसँग विश्लेषण गर्दा यी कुरामा समेत विचार गर्नुपर्ने हुन्छ ।
म २७ वर्षीय युवक हुँ । मेरो विवाह भएको दुई वर्ष भयो । सात–आठ महिनाअघि रेस्टुराँमा काम गर्ने एउटी युवतीसित यौनसम्पर्क भएको थियो । त्यतिबेला कन्डम प्रयोग गरेको थिइन । अहिले आएर दुई महिनादेखि मेरो लिङ्गमा मासु पलाएको छ, तर त्यसलाई छालाले छोपेको छ, बाहिरबाट देखिँदैन । यसलालाई ठीक गर्न मैले के गर्नुपर्ला ? यसले पछि ठूलै असर त गर्ने होइन ?
- ७१४८
कडा सामाजिक बन्देज हुँदाहुँदै पनि किन विवाहेत्तर सम्बन्ध राखिन्छ भन्ने कुराको जवाफ दिन सजिलो छैन । फरक–फरक स्थितिमा हुर्किएका दुई व्यक्ति साथसाथै बस्न धेरै कुराको तालमेल मिल्नुपर्ने हुन्छ । त्यसमा पनि एक–अर्कामा सम्पूर्ण रूपमा समर्पित हुन झनै गार्हो छ । केही स्थितिमा विवाहेत्तर सम्बन्ध आकस्मिक दुर्घटना वा सांयोगिक घटना -Accidental infedelity_ का रूपमा आउन सक्छन् भने अर्को थरी प्रणयफूर्ण -Romantic Affair_ सम्बन्धका साथै हुने विवाहेत्तर सम्बन्ध । सायद बलियो र सक्षम वंशाणुलार्ईर् सन्तानमा सार्ने जैविक वा प्राकृतिक आवश्यकता हुन सक्छ, तर कतिपय स्थितिमा यो अन्तरनिहित समस्याको एउटा लक्षण मात्र हुन सक्छ ।
एउटै व्यक्तिसँगको सम्बन्धमा सन्तोष प्राप्त गर्न नसक्नु, सम्बन्ध प्रेममय रहन नसक्नु, प्रेमयुक्त सम्बन्धमा बाँधिन चाहनु, भावनात्मक प्रगाढतामा बाँच्न चाहनुजस्ता कुराले कुनै नयाँ सम्बन्ध स्थापित गर्न प्रेरित गरिरहेको हुनसक्छ । दम्पतीबीच एक–अर्काको भावनालार्ईर् सम्मान नगर्नु, बेवास्ता गरिएको अनुभूति हुनु, यौन नैराश्यताले ग्रसित हुनु, उनीहरूमाझ साथै बस्ने चाहना नहुनु, भावनात्मक अन्तरङ्ग सम्बन्ध नहुनु जस्ता कुराले वैवाहिक सम्बन्धभन्दा बाहिर सम्बन्ध स्थापित गर्नेतर्फ डोर्याउँछ, तर तपाईंको सन्दर्भका विवाहित हुँदाहुँदै पनि किन यसरी अर्को व्यक्तिसँग सम्बन्ध राख्नुभएको हो भन्ने कुरा प्रश्नमा त्यति स्पष्ट छैन । अर्को व्यक्तिसँग प्रेममय सम्बन्ध छ जस्तो नलागे पनि तपाईंको समस्याको राम्रोसँग विश्लेषण गर्दा यी कुरामा समेत विचार गर्नुपर्ने हुन्छ ।
रेस्टुराँमा काम गर्ने युवती भनेर के भन्नु भएको थाहा भएन । अन्य कार्यालय वा बैंकमा जस्तै रेस्टुराँमा पनि महिलाहरूले काम गर्नुहुन्छ । रेस्टुराँमा काम गर्ने सबै महिला यौनकर्मी हुन् भन्ने तपाईंको सोच हो भने त्यो सरासर गलत हो, यौनकर्मी जहाँ पनि हुने सम्भावना हुन्छ । सम्भवतः तपाईले त्यसैलार्ईर् संकेत गर्न खोज्नुभएको हुनुपर्छ । यौन पेसामा लागेका महिलामा यौन रोग नहुन सक्छ, तर उहाँमा यौन रोग छ भने असुरक्षित यौनसम्पर्क गर्दा सर्न सक्छ । तपाईंले कन्डम लगाउनुभएको भए पक्कै कुनै यौन रोग भए त्यो सर्ने सम्भावना कम हुन्थ्यो ।
मासु बढ्नुको के कारण हुन सक्ला ?
लिङ्गमा गिर्खा वा मासुजस्तो आउने धेरै कारण हुन सक्छन् । त्यसमध्ये धेरैजसो हानि कारक हुँदैनन् र त्यसमा उपचारको आवश्यकता पर्दैन भने अरूको सही निदान र उपचारको आवश्यकता पर्छ ।
तपार्इंले मासु पलाएको कुराबाहेक थप केही कुरा गर्नुभएको छैन । पलाएको मासुको आकार, स्वरुष, रङ्ग, सतह कस्तो छ, दुख्छ कि दुख्दैन जस्ता कुराका बारेमा जानकारी दिनुभएको भए समस्या पहिचान गर्न सजिलो हुने थियो । यद्यपि लिङ्गमा मासु वा गिर्खा जस्तो आउने कारण के–के हुन सक्छन् कुरा गरौं ।
Pearly penile papules : मासु रंगका स–साना गिर्खा लिङ्ग मुन्डको घेरामा आउँछ । यो सामान्य कुरा हो । यसको उपचारको आवश्यकता पर्दैन ।
ordyce spots : यो पहेंलो वा सेतो रंगको दाग जस्तो कुरा हो । यो लिङ्ग मूण्ड वा शरीर -shaft_मा आउन सक्छ । यी रौं नभएका sebaceous glans हुन् । यस्ता दाग सामान्यतः हानिरहित हुन्छन् र यसमा उपचारको आवश्यकता फर्दैन ।
Lymphocele : यौन सम्पर्क वा हस्तमैथुनपछि लिङ्गको कजबात मा अकस्मात कडा किसिमको सुन्निएको भाग देखिन्छ । यो लसिका नलीमा क्षणिक वाधा भएकाले आउँछ । यो केही समय पछि आफै कम भएर जाने हुनाले कुनै दीर्घकालिन असर पर्दैन ।
Lichen planus : यो नसर्ने रोग हो । यसमा लिङ्गसहित शरीरमा चिलाउने राता
गिर्खा आउँछ ।
जनेन्द्रियको मुसा : साना मासु पलाएको वा गिर्खा जस्तो कुरा कजबात वा कहिलेकाहीं लिङ्ग मूण्ड वा अग्रचर्मको भित्र तिर पनि आउन सक्छ । यो यौन रोग हो ।
घाउ : स्पष्ट रूपमा मासु पलाउने भन्दा पनि दुख्ने किसिमको पानी फोका हर्पिसमा आउँछ भने सिफिलिसमा नदुख्ने किसिमको घाउ आउँछ ।
Peyronie’s disease : यो विरलै हुने रोग हो । यसमा लिङ्गको कजबात को कुनै भाग कडा वा गिर्खा (उबित्रगभ) । केही परिस्थितिमा यसले लिङ्गलार्ईर् नै बाङ्गो बनाऊन सक्छ ।
Molluscum contagiosum : यो विषाणुको संक्रमण हो । स–साना कडा अलिकति उठेको विमिरा जस्तो समूह आउँछ । यो लिङ्गका साथै काछमा पनि आउन सक्छ ।
लिङ्गको क्यान्सर : विरलै हुने भए पनि यसले घाऊ वा गिर्खा आउने गराउन सक्छ र यो विशेष गरेर
लिङ्गको मुन्डमा आउँछ ।
सीमित जानकारीका आधारमा कुरा गर्दा तपाईंमा जनेन्द्रियको मुसा हुने सम्भावना बढी भएकाले त्यसका बारेमा थप कुरा राख्न चाहन्छु । यसलाई अंग्रेजीमा genital wards भनिन्छ र यो प्रत्यक्ष सम्फर्कवाट सर्छ । Human papilloma virus यसको कारक विषाणु हो । यसको संक्रमण भए पनि यो लक्षण रहित अवस्थामा हुन सक्छ । यो प्रत्यक्ष मूसा नदेखिएको स्थितिमा पनि सर्न सक्छ ।
विषाणुको संक्रमण भएकाले यसलार्ईर् निर्मूल पार्ने उपचार छैन तर उपलब्ध उपचार मुसा हटाउनु नै हो । कतिपय स्थितिमा यो आफैं सानो भएर वा हराएर जान सक्छ । शल्यक्रिया, विद्युत्ले काट्ने वा लेजरको प्रयोग वा केही औषधीयुक्त मल्हमको प्रयोगबाट पनि मुसा हटाउन गरिन्छ ।
अन्त्यमा के सल्लाह दिन चाहन्छु भने एकपटक चर्मरोग विशेषज्ञसँग परीक्षण गराई उपचार गराउनुहोला । हुन त तपाईंले पछि कस्तो असर पर्ला भन्ने सन्दर्भमा एक हद सम्म अनुमान लगाइसक्नुभयो नै होला, तर रोगको पक्का निदान भएपछि नै दीर्घकालिन असरका बारेमा कुरा गर्नु उपयुक्त हुन्छ ।