साप्ताहिक संवाददाता
नेपाली क्रिकेट इतिहासमा छोटो समयमै सर्वाधिक चर्चामा आएका क्रिकेटर हुन् सन्दिप लामिछाने । एक पछि अर्को अन्तर्रराष्ट्रिय खेलमा गज्जबको प्रदर्शन गरेर छोटो उमेरमै अन्तर्रराष्ट्रिय रुपमा चर्चामा आएका सन्दिप लामो समयपछि नेपाल फर्किएका छन् । यहि मौकामा कान्तिपुरले उनिसँग छोटो गफ गरेको छ ।
लामो समयपछि स्वदेश फर्कनुभएको छ, कस्तो लागिरहेको छ ?
एकदमै राम्रो । झण्डैं १ बर्षपछि नेपालमा परिवार, आफ्ना–आफन्त, साथिभाईलाई समय दिन पाएको छु । निकै खुसी लागिरहेको छ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) सकिएको छ, समग्रमा कस्तो रह्यो ?
एकदमै राम्रो भयो । हाम्रो टिममा अधिकांस खेलाडि निकै योङ थिए । यो खेल र टिमको प्रदर्शनले फ्युचरमा धेरै राम्रो गर्न सक्ने संकेत समेत देखाएको छ ।
खेल निकै प्रतिस्पर्धात्मक थियो, तपाईँले पनि धेरै खेलमा सहभागीता जनाउन पाउनुभयो, सन्तुष्ट हुनुुहन्छ ?
खेल हो, कहिले धेरै खेल्नुपर्छ कहिले कम । तर, समग्रमा राम्रै भएको हो जस्तो लाग्छ । दिल्ली क्यापिटल्सले मलाई जुन बिश्वासका साथ प्रदर्शन गर्ने मौका दियो, यो आफैमा धेरै राम्रो कुरा हो ।
गत सिजनमा धेरै खेल खेल्नुभयो, आगामी तालिका कस्तो छ ?
अब अलिकति चुजी भएर मात्रै खेल खेल्नेछु । आफुलाई अलिकति बढि फिट राख्नेछु ।
नेपाली क्रिकेटको अवस्था कस्तो देख्नुभएको छ ?
सबैलाई थाहा छ, यो स्थिती देख्दा अलिकति मन दुख्छ । मलाई साइडमा राखेर कुरा गर्नुहुन्छ भने समग्र नेपाली खेलाडिहरुको स्थिती एकदमै तनाबपुर्ण छ । धेरै खेलाडि विदेश पलायन हुनुभएको छ, यस्तै हुनेहो भने स्थिती झन् बिग्रनेवाला छ ।
बर्षको कमाइ कति हुन्छ ?
थाहा छैन । सोच्नैपर्छ ।
सवारी के के चढ्नुभएको छ ?
भ्रर्खरै एउटा बाइक किनेको छु, यसअघि २–३ बटा वाइक पनि छन् । एउटा कार छ ।
सन्दिप लामिछाने कसैको प्रेममा डुब्नुभएको छ ?
छ होला । (तर एकछिनपछि अल्ल मल्ल पर्दै) हाहाहा.. थाहा छैन ।
पुरा अन्तरवार्ताका लागि तलको लिंक खोल्नुहोला