जेठ ३ गते : विश्व दूरसञ्चार दिवस । जेठ ४ गते : बुद्धजयन्ती, पूर्णिमा तथा उभौली पर्व ।
मेष
अधुरा चाहना पूरा गर्ने समय आएको छ । आर्थिक क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । रोकिएका कामको गाँठो फुक्ने सम्भावना छ । कुनै पनि कार्यमा ढिलाइ नगर्नुहोला अन्यथा पछि परिनेछ । साताको अन्त्यमा प्रेमी–प्रेमिकाले नयाँ प्रस्ताव राख्न सक्छन् । सवारी साधन चलाउँदा संयम अपनाउनुहोला ।
वृष
नगरेको गल्तीको दोष आइलाग्ने सम्भावना छ । सोमबारपछिका दिनमा भाग्यले साथ दिँदै काममा सफलता हात लाग्नेछ । थालिएका प्रयासहरू सकारात्मक रहनेछन् । मठमन्दिरको भ्रमणले कार्य सम्पन्न गर्न थप ऊर्जा मिल्नेछ । नीलो रंग प्रयोग गर्न सके विभिन्न समस्याबाट जोगिन सकिनेछ ।
मिथुन
आफ्ना सिर्जनशील रचनाले प्रतिष्ठित व्यक्तिको मन जित्न सकिनेछ । इष्टमित्रबाट प्राप्त सुझावले भलो गर्नेछ । दोष थुपार्नेहरू प्रशंसा गर्न थाल्नेछन् । सेवाले उचाइमा पुर्याउन मद्दत गर्नेछ । नीलो पहिरनले कार्य क्षेत्रमा विशेष लाभ पुर्याउनेछ । मन मिल्ने मित्रहरूले नौला स्थानको भ्रमण गर्ने प्रस्ताव राख्नेछन् ।
कर्कट
प्रेमी–प्रेमिकाबीच उत्पन्न समस्या समाधान गर्न नयाँ रणनीति आवश्यक देखिन्छ । हात लागेका अवसरलाई निरन्तरता दिन सके भविष्यको चिन्ता सहजै निर्मूल हुनेछ । चियोचर्चार् गर्नेहरूसँग सावधानी अपनाउनुपर्नेछ । साताको अन्त्यमा सवारी साधन खरिद गर्न उत्सुक भइनेछ ।
सिंह
लामो समयदेखि रोकिएका कार्यहरू बिनाझनझट सम्पन्न हुनेछन् । मन पराएकाहरूले दोहोरो भूमिका निर्वाह गर्दा अलमलमा परिनेछ । परिश्रम तथा लगानीअनुसार व्यवसायले साथ नदिन सक्छ । भविष्यको चिन्ताले सताउनेछ । वैदशिक भ्रमणको अवसर छ ।
कन्या
मेहनतपूर्वक सम्पन्न गरिएको काममा अपजस आइलाग्दा निराश उत्पन्न हुन सक्छ । योग, ध्यान तथा भ्रमणले तनाव कम गर्न सहयोग पुर्याउनेछ । धार्मिक भ्रमण मनोरञ्जकसमेत सावित हुनेछ भने भोजभतेरमा पनि सहभागी भइनेछ । साताको अन्त्यमा विदेशी पहुनाहरूसँग भेटघाट हुने सम्भावना छ ।
तुला
सुझाव दिनेहरू प्रशस्तै फेला पर्नेछन् । दुई चार स्थानको धार्मिक भ्रमण गर्ने जमर्को गरे पनि भीडभाडका कारण सबै स्थानमा पुग्न सकिनेछैन । मनोरञ्जनका क्रममा शारीरिक कमजोरी देखा पर्न सक्छ । जुस तथा पानीमा जोड दिएर शारीरिक समस्या टार्न सकिनेछ ।
वृश्चिक
नयाँ अवसरले थप मेहनतको अपेक्षा गरेको छ । भविष्यको चिन्ताले सताउन सक्छ । स्वार्थी साथीहरूका कारण मन खिन्न हुनेछ । पूण्य कर्मले आफूलाई संयमित रहन प्रेरित गर्नेछ । काम सम्पन्न गर्ने क्रममा अपजसको सामना गर्नुपर्ला । बेसार रंगको प्रयोगले मानसिक राहत प्रदान गर्नेछ । चिसो वातावरणबाट आफूलाई सुरक्षित राख्नुहोला ।
धनु
साता आनन्ददायक रहनेछ । पूण्य कमाउन सकिनेछ । कार्य क्षेत्रका झिना–मसिना झन्झट आइलाग्न सक्छन् । धैर्यता कायम गरे केही समस्याबाट मुक्ति पाइनेछ । प्रेमी–प्रेमिकाले स–साना त्रुटि औल्याउँदा प्रेममा तुषारो लाग्न सक्छ । रातो रंगको पहिरनले ऊर्जा प्रदान गरी कार्य सम्पन्न गर्न सहज बनाउनेछ ।
मकर
नयाँ स्थानको भ्रमण हुन सक्छ । स्वास्थ्यमा सामान्य गडबडी देखा पर्नेछ । साथीभाइ तथा नयाँ कामबाट प्रर्याप्त लाभ लिन सकिनेछ । प्रतियोगितात्मक कार्यक्रममा पुरस्कृत हुने सम्भावना छ । सेतो तथा कालो रंगको प्रयोग कमभन्दा कम गर्नुहोला । मंगलबार तथा विहीबार महत्वपूर्ण कार्य सम्पन्न हुनेछन् ।
कुम्भ
मान–सम्मान एवं पदोन्नतिले उत्साह थप्नेछ । लक्ष्य प्राप्तिको मार्गमा दत्तचित्त भए अपेक्षा गरेजस्तै सफलता प्राप्त होला ।सामाजिक नेतृत्व वहन गर्ने अवसर नगुमाउनुहोला । अभिभावकले आफ्नो भावनाको बेवास्ता गर्नेछन् । सुनौलो रंग प्रयोग गर्दा सफलतालाई सजिलैसँग आत्मसात् गर्न सकिनेछ ।
मीन
अध्ययनको क्षेत्रमा देखा परेको अलमलको अन्त्य हुनेछ । उच्च शिक्षाका लागि चुनिएको विषयले सही बाटोमा लानेछ । प्रतिस्पर्धीहरूले काम बिगार्ने प्रयास गरे पनि परिणाम आफ्नै पक्षमा हुनेछ । आफ्ना सामु देखा परेका चुनौतीको सामना सजिलैसँग गर्न सकिनेछ । सेतो रंगको प्रयोगले दैनिकीलाई सहज बनाउनेछ ।