साप्ताहिक संवाददाता
गायक दीपक ब्रजाचार्य तथा उनको ब्यान्ड द रिद्मले पोखरामा प्रस्तुति दिने भएको छ । पोखराको लेक साइडमा हालसालै खुलेको किङस लाउन्जको ओपनिङको अवसर पारेर यही जेठ ९ गते बिहीबार ब्रजाचार्यले लाइभ प्रस्तुति दिनेछन् । ऊक्त म्युजिकल कार्यत्रम साँझ ७ बजेदेखि मध्यरातसम्म सञ्चालन हुने बताइएको छ । दीपक र उनको ब्यान्ड द रिदमलाई पोखराका स्थानीय कलाकारहरूले पनि साथ दिने छन् ।
जंगलमा नवीन के भट्टराई
चर्चित गायक नवीन के भट्टराई र अतृप्त ब्यान्डले आज शुक्रबार ठमेलस्थित जंगल लाउन्ज एन्ड बारमा लाइभ प्रस्तुति दिँदैछन् । उक्त लाइभ प्रस्तुति साँझ ७ बजेदेखि बिहान ४ बजेसम्म चल्नेछ जसका लागि प्रतिब्यक्ति १ हजार रुपैयाँको टिकट काट्नु पर्नेछ । उक्त टिकटसँगै एउटा कम्पीलिमेन्टी ड्रिङ्क्स उपलब्ध हुनेछ ।
टेकओभर फ्राइडे
दरबारमार्गस्थित क्बल डेजाभूले टेकओभर फ्राइडेको आयोजना गर्दैछ । आज शुक्रबार हुने उक्त इभेन्टमा गायक प्रयत्न श्रेष्ठका साथ विग स्माइल ब्रान्डले लाइभ प्रस्तुति दिनेछ । १८ वर्षमाथिकालाई मात्र प्रवेश दिइने उक्त इभेन्ट साँझ ७ बजेदेखि राति १२ बजेसम्म चल्नेछ ।