साप्ताहिक संवाददाता
नेपाल आईडल दोस्रो सिजनबाट चर्चामा रहेका गायक बिक्रम बरालको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । नारायण गौतमले लेखेको एक मार्मिक गीतमा उनले आवाज भरेका हुन् । ‘तिम्रो मेरो बीचमा यो कस्तो दुरी बन्यो’ बोलको गीतमा चर्चित संगीतकार हरि लम्सालले संगीत भरेका छन् । हरि लम्सालले पछिल्लो समय संगीत दिएको तथा मेलिना राईसँग गाएको ‘परानै दिन्छु’ बोलको गीत पनि निक्कै चर्चामा छ ।
सार्वजनिक पछिल्लो गीतमा महाराज थापाको संगीत संयोजन रहेको छ । गीतको म्यूजिक भिडियोमा गायक बिक्रम बरालले अभिनय समेत गरेका छन् । निकेश खड्काले निर्देशन गरेको म्यूजिक भिडियोमा बराललाई प्रियंका खड्काले अभिनयमा साथ दिएकी छिन् । बालकलाकार मानभी खड्काले पनि भिडियोमा अभिनय गरेकी छिन् ।
बुद्ध थापाको छायांकन रहेको म्यूजिक भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् ।
तिम्रो मेरो बीचमा दुरीको म्यूजिक भिडियो :