साप्ताहिक संवाददाता
साप्ताहिकले नेपाली सांगीतिक क्षेत्रसहित मनोरञ्जनका हरेक विधामा पुर्याएको योगदान अतुलनीय छ । साप्ताहिकका हरेक अंक विशेष अंक भन्ने भनाइलाई आत्मसात् गरेर अघि बढेको लोकप्रिय साप्ताहिकलाई अझ बढी सफलताको शुभकामना ।
रामकृष्ण ढकाल, गायक
२५ वर्ष पुग्यो । अझ २५ सय वर्ष पुगोस् र यही गतिमा प्रगति होस् ।
अमित पोखरेल, अभिनेता
नेपाली गीत–संगीतमा अतुलनिय योगदान छ साप्ताहिकको । आगामी दिनमा साप्ताहिक अझ परिष्कृत हुँदै जाओस्, अझ धेरै सफल वर्षको खुड्किलो चढ्दै जाओस्— धेरै–धेरै शुभकामना ।
भरत सिटौला, गायक
घर–घरका हरसदस्यले आ–आफ्नो खुराकका लागि खोज्ने कुनै एउटा छापा सायद नहोला, छ भने त्यो साप्ताहिक नै हो भनेर बुझ्दा हुन्छ ।
राजेन्द्र थापा, गीतकार
निर्विकल्प, सर्वप्रिय, बहुआयामिक रंग पत्रकारिताको अग्रणी साप्ताहिकले २५ औं रजत वार्षिकी मात्र होइन भविष्यसम्म, अझ भनौं हाम्रो पनातिको पुस्तासम्म १ सय २५ औं शतक–रजत वार्षिकोस्तव मनाउन सफल होस्, अनि त्यो खुसीयाली स्वर्गबाट हेर्न पाऊँ ।
विकास चापागाईं, अभिनेता
यो अवसर स्वयं साप्ताहिकलाई मात्र नभएर सम्पूर्ण साप्ताहिकका पाठकहरूकै लागि खुसीको अवसर हो । साप्ताहिकको नियमित पाठकका नाताले हेर्दा यसभित्रका हरेक सामग्री निकै महत्वपूर्ण छन् । साप्ताहिकले रजतमात्र होइन, स्वर्ण वर्ष नै मनाउनेछ भन्ने अपेक्षा राख्दै रजत वर्षको हार्दिक शुभकामना ।
दीपक शर्मा, संगीतकार
साप्ताहिक २५ औं वर्षमा प्रवेश गरेकोमा सबैभन्दा पहिले शुभकामना एवं बधाई । यो अवधिमा साप्ताहिकले महत्वपूर्ण विषयहरू उठान गरेको छ । नेपाली पाठकमाझ साप्ताहिक लोकप्रिय हुँदै गैरहेको छ । यसले अझ सशक्त ढंगले हाम्रो समाजको विकृति, विसङ्गतिविरुद्ध आवाज उठाउने छ भन्ने अपेक्षा गरेको छु । विशेष गरी नेपाली चलचित्रमा देखिएका कमी–कमजोरीहरूमा पनि बहस चलाउने छ भन्ने अपेक्षा गर्छु ।
रेश मरहट्ठा, अभिनेता
रजत वर्षको हार्दिक शुभकामनासँगै स्थापना कालदेखि नै सर्वोत्कृष्ट रहँदै आएको तथा नेपाली मनोरञ्जन, गीत–संगीतको क्षेत्रलाई उकास्न खेलेको अतुलनिय योगदान तथा अहम् भूमिका प्रशंसनीय छ । साप्ताहिक हरेक अंक सर्वोत्कृष्ट अंक बनोस्, नयाँ आयाम अनि नयाँ प्रस्तुतिका लागि शुभकामना ।
हिमाल श्रेष्ठ, गायक
कलाकारहरूको हात हो— साप्ताहिक । किनभने कलाकारको पहिचान गराउने भनेकै साप्ताहिकले हो । अझ यो मोडलहरूको त मुटु नै हो । कलाकारलाई आम दर्शकमाझ परिचय गराउने एउटा सशक्त माध्यम हो– साप्ताहिक । साप्ताहिकलाई सफलताको अझ बढी शुभकामना ।
दमन रुपाखेती, हास्य अभिनेता
साप्ताहिकलाई बधाई तथा शुभकामना । नेपाली चलचित्र तथा मोडलिङलाई माथि लान साप्ताहिकले सधैं झैं प्रमुख भूमिका निर्वाह गरिरहोस् ।
बिनिता बराल, अभिनेत्री
म साप्ताहिक पढेर हुर्किएकी पुस्ता हुँ । विशेष गरी मनोरञ्जन, ज्ञान र मानवीय रुचिका विषयवस्तु गुणस्तरीय तरिकाले साप्ताहिकले प्रस्तुत गरेपछि मेरो पुस्ताले विदेशी म्यागजिन खोज्नै परेन । २५ वर्षमा साप्ताहिक पल्टाउँदा मलाई कुनै दिन पनि झर्को लागेन । वर्षौंदेखि मेरो साथी बनेको साप्ताहिकलाई २५ औं वर्षको शुभकामना ।
निकिता पौडेल, चलचित्रकर्मी
उत्तोरत्तर प्रगतिको शुभकामना । साप्ताहिक नेपाली कला, संगीत एवं साहित्यको जगेर्ना एवं विकासका लागि अझ सशक्त रूपमा अघि बढोस् ।
रमेश श्रेष्ठ, गायक
साप्ताहिक रजत वर्षमा प्रवेश गरेको उपलक्ष्यमा बधाईका साथै आगामी यात्रा अझ सफल होस् भन्न चाहन्छु । साथै यो मनोरञ्जन पत्रिका भएकाले यसले आमपाठकलाई निरन्तर स्तरीय मनोरञ्जन प्रदान गर्दै जाओस् ।
केकी अधिकारी, अभिनेत्री
जसरी अहिलेसम्म पाठकको मन जितेर एक नम्बरमा दरिन सफल भएको छ, अबका दिनमा थप मनोरञ्जक सामग्रीहरू समावेश गर्न सफल होस् भन्ने कामना ।
अर्जुन तिवारी, छायाँकार
रजत वर्षमा टेकेको साप्ताहिकलाई मेरो तर्फबाट बधाई अनि सफलताको शुभकामना !
शिव विक, नृत्य निर्देशक
मलाई मन पर्ने साप्ताहिक पत्रिका रजत वर्षमा प्रवेश गरेको उपलक्ष्यमा बधाई तथा थप प्रगतिको शुभकामना ।
सञ्चिता लुइँटेल, अभिनेत्री
अझ लामो यात्राको शुभकामना ।
श्रीजय थपलिया, गायक
रजत वर्षमा पुग्नु भनेको साप्ताहिकमा कार्यरत सबै सदस्यको कार्यक्षमता र मेहनतको उत्कृष्ट रजत परिणाम हो । त्यसैले साप्ताहिक परिवारलाई हार्दिक बधाई तथा शुभकामना ।
मिथिला शर्मा, अभिनेत्री
विश्वमै आएको प्रविधिको रूपान्तरणले हरेक क्षेत्रलाई परिवर्तित तथा तरंगित बनाएको छ । यसको प्रभाव पत्र–पत्रिकामा पनि परेको छ जस्तो लाग्छ । त्यसैले साप्ताहिक पत्रिकाले आजसम्मको गरिमा पाठकहरूको माया अनि आफ्नो स्थानलाई युग सुहाउँदो तरिकाले मेन्टेन गर्दै आफूलाई अब्बल सावित गर्दैै जाओस्— मेरो शुभकामना ।
आशिष अविरल, संगीत संयोजक
यो भीडमा पनि साप्ताहिकले आफ्नो छुट्टै स्थान बनाइरहेको छ र आफूलाई स्तरोन्नति पनि गरिरहेको छ । रजत वर्षमा प्रवेश गरेकोमा सम्पूर्ण टिमलाई बधाई ! साथै यसले स्वर्ण वर्ष पनि मनाओस् भन्ने कामना गर्छु । त्यसका लागि अग्रिम शुभकामना । साथै अब आउने दिनहरूमा लोक तथा दोहोरी गीत तथा यससँग सम्बन्धित कलाकारहरूलाई पनि थप प्राथमिकता दिनुहोला भन्ने सुझाव दिन्छु ।
महेन्द्र गौतम, मोडल
हामी कलाकारहरूको प्रिय साप्ताहिकलाई गौरवमय रजत वर्षको हार्दिक मंगलमय शुभकामना । सबै कलाप्रेमीको पहिलो प्राथमिकतामा रहने मनोरञ्जनले भरिपूर्ण साप्ताहिक आगामी दिनमा सदाझैं सबैको प्रिय भएको हेर्न चाहन्छु ।
देविका बन्दना, गायिका
साप्ताहिकले मनोन्जन पत्रिकाको दुनियाँमा एउटा इतिहासमात्र बनाएको छैन । कलाकारिता र संगीत क्षेत्रमा लाग्नेहरूलाई एउटा ठूलो प्लेटफर्म पनि दिएको छ । त्यसैले साप्ताहिक मेरो मात्र होइन सम्पूर्ण कलाजगत्का सेलिब्रेटीहरूको प्रिय पत्रिका बनेको छ । साप्ताहिकले अझ धेरै प्रगति–उन्नति गर्दै जाओस् । यो समयसापेक्ष रूपमा, परिवर्तित समयसँगै अघि बढोस् अनि रजत वर्ष, स्वर्ण वर्ष हुँदै डायमन्ड वर्ष पार गरोस् । सबैको प्रिय साप्ताहिक पत्रिकालाई मुरी–मुरी, भकारीका भकारी अनि बोराका बोरा शुभकामना । साथै साप्ताहिक परिवारलाई पनि बधाई— जय साप्ताहिक ।
घनश्याम गौतम, हास्यकलाकार
धेरै–धेरै बधाईका साथै शुभकामना । साप्ताहिक अझै धेरै पाठकको मनमा बस्न सफल रहोस् ।
सुनिता दुलाल, गायिका
साप्ताहिकमा कार्यरत सबैलाई धेरै–धेरै बधाई तथा शुभकामना छ । साप्ताहिककर्मीहरूको टिम वर्क अझ माथि पुगोस् । यसैगरी समाचारहरू अपडेट हुँदै जाऊन् । आम पाठक एवं हामी कलाकर्मीलाई यो पत्रिकाले थप मनोरञ्जन प्रदान गरोस् ।
पुष्प खड्का, अभिनेता
रजत वर्षमा पाइला टेकेको साप्ताहिकलाई बधाई तथा शुभकामनाका साथै आगामी दिनमा थप प्रगतिको कामना गर्छु ।
रमेश उप्रेती, अभिनेता
प्रिय साप्ताहिक ! तिमी रजत वर्ष मनाउने तयारी गरिरहेका छौ । यत्ति सुन्दा पनि खुब खुसी लागेको छ । किनभने यति लामो यात्रा गर्नु चानचुने कुरा होइन । उमेरमा तिमी भन्दा त्यही तीन चार वर्ष जेठो हुँ म । हो उमेर बढ्दै जाँदा मान्छे बूढो हुन्छ, तर तिम्रो उमेर बढ्नु भनेको बूढो हुनु होइन । संस्थागत रूपमा टिक्नु हो । कन्टेन्टमा परिष्कृत हुनु हो । विविधता थपिनु हो । मेरो पत्रिका पढ्ने बानीमा तिम्रो ठूलो भूमिका छ । अविच्छिन्न पाठक भएर पढिरहेको साप्ताहिकमा आजभोलि बेला–बेला म पनि छापिइरहेको हुन्छु । सम्झँदा खुसी लाग्छ । सबै विषयवस्तु समेटिँदै आएका छन् । आगामी दिनमा युवा लक्षित सामग्री अझ थपिउन् । प्रेरणादायी फिचरहरू समेटिऊन् । नेपाली कला–साहित्यमा तिमी पनि एउटा इट्टा बन्नु । तिमीलाई रजत वर्षको सर्वत्र शुभकामना ।
मीनराज वसन्त, साहित्यकार
साप्ताहिक गौरवमय रजत वर्षमा प्रवेश गरेको उपलक्ष्यमा हृदयदेखि नै बधाई तथा शुभकामना ! साथै स्वर्ण वर्षसम्म उक्तिकै सशत्त उत्तरदायी हुँदै आफ्नो यात्रा अघि बढाउन सफल होस्— शुभकामना ।
शिव परियार, गायक
हार्दिक बधाई तथा आगामी दिनका लागि धेरै–धेरै शुभकामना ।
गम्भीर विष्ट, नृत्य निर्देशक
नेपाली कला तथा संगीतमा समर्पित साप्ताहिकलाई सधैं नदी झैं बगिरहोस् भन्ने शुभकामना छ ।
हेमन्त शर्मा, गायक
सर्वप्रथम साप्ताहिक रजत वर्षमा प्रवेश गरेको धेरै–धेरै बधाई तथा शुभकामना । साप्ताहिकले आगामी दिनमा अझ राम्रा–राम्रा सामग्री प्रकाशित गरेर पाठकहरूलाई थप मनोरञ्जन प्रदान गरोस् । यसका लागि अश्लील सामग्री भन्दा पनि मनोरञ्जक सामग्रीहरूमा बढी केन्द्रीत हुनु राम्रो होला ।
कविर खड्का, अभिनेता
रजत वर्षमा प्रवेश गरेको साप्ताहिकलाई धेरै–धेरै बधाई तथा शुभकामना छ ।
सुगम पोखरेल, गायक
रजत वर्षमा प्रवेश गरेको उपलक्ष्यमा साप्ताहिकलाई बधाई तथा शुभकामना । साप्ताहिक अझ समावेशी हुँदै जाओस्, सबैको मन जित्दै सबैको पत्रिका बन्न सकोस् ।
नानी थापा, रंगकर्मी