साप्ताहिक संवाददाता
मिस नेपाल भइसकेपछि धेरैले उनिहरुलाई सोध्ने एउटा प्रश्न हो, अभिनय क्षेत्रमा प्रवेश गर्ने कि नगर्ने ? यसपटक मिस नेपालको ताज पहिरिएकी अनुष्का श्रेष्ठ पनि सोहि प्रश्नको सामना गर्नुप–यो ।
अनुष्का भने भविष्यमा अभिनय क्षेत्रमा जाने सम्भाबना निकै न्युन रहेको संकेत गरेकी छिन् । एक मिडियामा दिएको उनको अन्तरवार्तालाई आधार मान्नेहो भने उनि चलचित्र क्षेत्र अथवा एक्टिङ दुनियाँमा आउने सम्भाबना छैन ।
अनुष्काको चाहना आफ्नो अध्ययन अनुसार व्यवस्थापन क्षेत्रमै काम गर्ने छ । उनले अष्ट्रेलियाबाट स्नातकसम्मको पढाइ सकाएकी छिन् । मिस नेपाल भैसकेपछि उनिहरु धेरै निर्देशकहरुको आँखामा पर्ने गर्छन् । यसपटककी मिस नेपालप्रति कोहि निर्देशक अथवा निर्माताको आँखा प–यो भने ? तर उनको जवाफ छ, ‘अभिनयमा मेरो रुची छैन, म अभिनय गर्दिनँ ।’
हाल अनुष्का २०१९ को मिस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्दैछिन् र अहिले त्यसैको तयारीमा ध्यान केन्द्रित गरेको उनले बताइन् ।