साप्ताहिक संवाददाता
जेष्ठ ३, २०७६
काठमाडौं
बलिउड सुपरस्टार सलमान खानको चलचित्र दबंग थ्री निर्माण नहुँदै चर्चामा छ । सन् २०१० मा प्रदर्शन भएको दबंगको तेस्रो श्रृखलाको मुख्य भुमिकामा सलमान खान र सोनाक्षी सिन्हा देखिने फाइनल भएको छ ।
यसपटकको चलचित्रमा मलाइका अरोडाको आइटम भने दर्शकले देख्न नपाउने भएका छन् । श्रोतका अनुसार दबंग थ्रीमा अभिनेत्री मौनी रोयले आइटम डान्स गर्ने भएकी छिन् । मलाइकालाई किन चलचित्रमा नराखिएको भन्ने बिषयमा पुर्ण जानकारी नआएपनि धेरैले सलमान खानकै कारण नराखिएको अनुमान लगाएका छन् । पछिल्ला केहि समयदेखि मलाइका–सलमानबिच बोलचाल पातलो छ ।
यो गीतको सुटिङ केहि समयमै गर्न लागिएको जनाइएको छ । सलमानले मौनीसँग नृत्य गर्ने बताइएको छ ।