साप्ताहिक संवाददाता
जेष्ठ ३, २०७६
काठमाडौं
डीएस डिजिटलको ब्यानरमा बनेको चलचित्र घरको फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । पोष्टरमा सुरक्षा पन्तको डरलाग्दो रुपलाई देखाइएको छ ।
हरर कथामा निर्माण भएको चलचित्रमा अभिनेता अर्पण थापा, अभिनेत्री द्वय सुरक्षा पन्त र वेनिशा हमालसँगै अस्मिता खनालको मुख्य भूमिका रहनेछ । शर्मिला पाण्डेको निर्माण रहेको चलचित्रलाई अभिनेता तथा निर्देशक अर्पण थापाले निर्देशन गरेका छन् । चलचित्रको कथा समेत अर्पणले नै लेखेका हुन् ।
निरज कँडेलको छायांकन रहेको फिल्म २० दिनमा प्याकअप गरिएको थियो । यो चलचित्र आगामी साउन ३ बाट प्रदर्शनमा आउदै छ ।