साप्ताहिक संवाददाता
जेष्ठ ५, २०७६
राजेश बर्देवाको एक नयाँ लोक भाकामा अभिनेत्री केकी अधिकारीले अभिनय गरेकी छिन् । ‘फल मिठो’ बोलको लोक भाकामा केकीसँगै मोडल रबिन्द्र तितुङ्ले अभिनय गरेका छन् ।
यसै साता राजधानीमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको उक्त गीतमा रामजी खाँड, राजेश बर्देवा, जुना शिरिस र दुर्गा रोकाले आवाज दिएका छन् । गायक तथा सञ्चारकर्मी राजेश बर्देवाकोलेनै संगीत संयोजन गरेका हुन् ।
मौसम हिमालीले निर्देशन गरेको भिडियोलाइ करन चैंसिरले छायांकन गरेका छन् । भिडियो मनोज कार्कीले सम्पादन गरेका हुन् ।
भिडियो सार्बजनिक कार्यक्रममा लोक दोहोरि प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनी, समाजसेवी तथा संगीतप्रेमी पृथ्वी थकाली, शर्मिला तामाङ लगायतको उपस्थिति रहेको थियो ।
फल मिठोको म्यूजिक भिडियो :