साप्ताहिक संवाददाता
गायक, प्रह्लाद तिमल्सिना
ट्राफिक जाम
घरबाट कुनै कामका लागि निस्कनु पर्यो भने ट्राफिक जामका कारण समयमा पुग्न नसक्दा दिक्क लाग्छ ।
फोहोर
घर–घरबाट फोहोर संकलन गर्ने संस्थाले दुई–तीन दिनको अन्तरमा फोहोर उठाइदिए चारैतिर सफा हुन्थ्यो, कहिलेकाहीँं हप्तौं नउठाइदिँदा त्यसै दिक्क लाग्छ ।
नेटवर्क
काम विशेषले काठमाडौंबाट अलि पर पुग्नुपर्छ, मोबाइलमा नेटवर्क हुँदैन । काठमाडौं भित्रै पनि कतिपय ठाउँमा मोबाइलको नेटवकले कामै गर्दैन । अर्जेन्ट भएका बेला मोबाइलमा कुरा गर्न नपाउँदा दिक्क लाग्छ ।
ओभरटेक
मोटरसाइकल चालकहरूले निजी सवारीलाई दाहिनेतिरबाट ओभरटेक गर्नु त ठिकै हो, तर ठाउँ–कुठाउँ देब्रेतिरबाट ओभरटेक गरेर दुर्घटना नै निम्त्याउने प्रयास गरेको देख्दा दिक्क लाग्छ ।
नकारात्मक समाचार
रेडियो, टेलिभिजन तथा पत्रपत्रिकाका नकारात्मक समाचारहरू सुन्दा, हेर्दा र पढ्दा दिक्क लाग्ने मात्र होइन, पीडा नै हुन्छ । सकारात्मक समाचार मात्र आउने दिन कहिले आउला ?