साप्ताहिक संवाददाता
बुद्ध पूर्णिमाको अवसर पारेर ‘बौद्ध प्रवचन समाज’ले बुद्धको ज्ञान स्मरण गरेको छ । शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै समाजले बुद्धका उपदेश र मार्गहरुका बारेमा सम्झना गरेको हो ।
पछिल्लो समय मानिसहरुले बुद्धका सन्देहरुलाई बिर्सदै गएकाले पुनः स्मरण गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष घनश्याम राज कर्णिकारणले बताएका थिए । बुद्धका बारेमा पछिल्लो समय विभिन्न भ्रम छर्ने प्रयत्न भैरहेको भन्दै उक्त भ्रम चिर्नु संस्थाको उद्देश्य रहेको बताए । उनले बुद्धका ज्ञान र मार्ग र उपदेशहरुलाई स्मरण गराउने उद्देश्यले केहि पुस्तक समेत लेखिसकेका छन् ।
कार्यक्रममा डा. सुरेन्द्र केशीले नेपाली विश्वविद्यालयमा बुद्ध भारतमा जन्मिएका हुन् भनेर पढाइ हुने झन्दै दुःख व्यक्त गरेका थिए । कार्यत्रममा प्रा.डा.लेखनाथ बेल्वासे, प्रा.डा. कृष्णप्रसाद दाहाल लगायतले बुद्धका महिमाका बारेमा प्रष्ट पारेका थिए ।