साप्ताहिक संवाददाता
जेष्ठ ६, २०७६
नेपाली चलचित्रकी सफल अभिनेत्री हुन्— नीता ढुंगाना । भोजपुरी भाषाका चलचित्रमा समेत अभिनय गरिसकेकी यी अभिनेत्रीको हातमा यतिबेला नयाँ चलचित्र छैनन् । नयाँ चलचित्रबाट प्रस्ताव नै नआएको हो कि उनले राम्रा ब्यानर खोजेकी हुन्, स्पष्ट हुन सकेको छैन ।
यद्यपि, पछिल्लो समय उनी म्युजिक भिडियोतर्फ आकर्षित भएकी छिन् । नीताले अभिनय गरेको नयाँ गीत सुपर ग्लूको म्युजिक भिडियो दर्शकहरूले मन पराएका छन् । गीतकार अम्बिका गुरूङका शब्दमा गायक रमेश श्रेष्ठ मेलोडीको उक्त नृत्यपरक गीतमा नीताले मन खोलेर नाचेकी छिन् ।
उक्त नृत्यमा नीतालाई मोडल नवीन राई तथा विशाल लामाले साथ दिएका छन् । चलचित्रमा व्यस्त नभए पनि नीतालाई सुपर ग्लूपछि अन्य गीतका म्युजिक भिडियोमा समेत देख्न पाइने प्रबल सम्भावना छ ।
गीतको म्यूजिक भिडियो :