साप्ताहिक संवाददाता
जेष्ठ ६, २०७६
काठमाडौं
गणेश सेन्चुरीको स्वरमा रहेको 'लुकिछिपी किन मायामा' बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा पुरानो गाउँले जीवनलाई जीवित बनाउन खोजिएको छ।
शब्द, संगीत, स्वर गणेश सेन्चुरीको रहेको गीतमा कोबिद बज्रले म्युजिक एरेन्जमेन्ट गरेका हुन्। भिडियोमा चोपेन्द्र भुषालउर्फ मुकुन भुषालका साथै नायिका सुरबिना कार्की, मनिष तामाङ र अनु काफ्लेको अभिनय रहेको छ।
भिडियोलाई निशल पौडेलले छायांकन गरेका हुन् भने भीम विश्वकर्माले भिडियो सम्पादन गरेका हुन्। नबिन चौहानको निर्देशन र कन्सेप्टमा भिडियो तयार भएको हो।
भिडियो