साप्ताहिक संवाददाता
निर्देशक तथा निर्माता अशोक शर्माले नयाँ चलचित्र रातो टीका निधारमा निर्माण गर्ने घोषणा गरेका छन् । झन्डै डेढ दशकको अन्तरालपछि अघिल्लो दशैमा सार्वजनिक चलचित्र जय भोलेबाट निर्देशनमा पुनरागमन गरेका शर्मा उक्त चलचित्र प्रदर्शनका बेलामै यो चलचित्र निर्माण गर्ने बताएका थिए ।
शर्माकै लेखन, निर्माण र निर्देशन रहेको चलचित्रको आइतबार काठमाण्डौंमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइएको छ । उनले उक्त चलचित्रबाट आफ्ना पुत्र अंकित शर्मालाई हिरोका रूपमा डेब्यु गराएका छन् ।
यो चलचित्रमा अंकितसँगै अहिलेकी हटकेक अभिनेत्री साम्राज्ञीराज्यलक्ष्मी शाह, बुद्धि तामाङ, नीता ढुंगाना, खुश्बु खड्का, राजाराम पौडेल, रवीन्द्र झा, शिवहरि पौडेल, बसुन्धरा भुषाल, लक्ष्मी गिरी, जयनन्द लामा, अर्जुन श्रेष्ठलगायतका कलाकारले अभिनय गर्नेछन् ।
दसैँमा प्रदर्शन गर्ने लक्ष्य लिइएको यो चलचित्र आगामी १० जेठदेखि छायाँकन सुरु हुने बताइएको छ । यो चलचित्रको सुभ साइत भने केहि हप्ताअघिनै गरिएको थियो ।