साप्ताहिक संवाददाता
जेष्ठ ७, २०७६
गायिका सुजता केसीको नयाँ गीत सार्वजनिक भएको छ । गायक सरोज लामीछानेले गायन साथ दिएको ‘मलाई के थाहा त’ बोलको गीत सार्वजनिक गरिएको हो । गायिका केसीले आफ्नो जन्मदिनको अवसर पारेर उक्त गीत सार्वजनिक गरेकी हुन् ।
आफ्नो गीतको म्यूजिक भिडियो सार्वजनिक गर्दै गायिका केसीले नेपाल स्नेही काखलाई सहयोग समेत गरेकी छिन् । गीतमा सरोज लामिछानेको शब्द, सङ्गीत रहेको छ ।
सार्वजनिक गीतको म्यूजिक भिडियो शिब बिकले निर्देशन गरेका हुन् । गीतको भिडियोमा याशु श्रेष्ठ र युनिशले अभिनय गरेका छन् । भिडियोमा बीरेन्द्र भाट बिपिनको छायांकन तथा सम्पादन रहेको छ ।
मलाई के थाहा तको म्यूजिक भिडियो :